मोरङका पाँच क्याम्पसमध्ये तीनमा अखिल, एक–एकमा नेविसंघ र क्रान्तिकारी
_FgKdYDpJlL.jpg)
विराटनगर । स्वतन्त्र विद्यार्थी युनियनको आइतबार सम्पन्न निर्वाचनमा मोरङका चार क्याम्पसको परिणाम आएको छ । जसमध्ये तीनवटामा एमाले निकट अनेरास्ववियु र एक–एक क्याम्पसमा काँग्रेस निकट नेविसंघ र माओवादी निकट अखिल क्रान्तिकारीले जित निकालेका छन् ।
मोरङको उर्लाबारी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल नै विजयी भएको छ । क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका विवेक कार्की निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले निकट अनेरास्ववियुकी प्रीति दाहाल पराजित भएकी हुन् । यस्तै सचिवमा नेविसंघका देवेन्द्र पौडेल विजयी भएका छन् ।
यस्तै अनेरास्ववियुले लेटाङ क्याम्पस, रमाइलो क्याम्पस र नर्सिङ क्याम्पसमा पनि जित निकालेको छ । लेटाङ क्याम्पसमा अनेरास्ववियुका छवि श्रेष्ठ र रमाइलोमा मालती रेग्मी विजयी भएका हुन् । नर्सिङ क्याम्पसमा भने अनेरास्ववियुकी प्रशंसा पौडेल विजयी भएकी छिन् ।
यस्तै विराटनगरको डिग्री क्याम्पसमा पनि अनेरास्ववियुका निर्मल गजुरेल सभापतिमा विजयी भएका छन् । मोरङको केराबारीमा रहेको खदम क्याम्पसमा भने अखिल क्रान्तिकारीको प्यानल नै निर्विरोध भएको छ । उक्त क्याम्पसको स्ववियु सभापतिमा क्रान्तिकारीका सिमान्त लुइँटेल निर्विरोध भएका हुन् ।
कोशी प्रदेशकै सबैभन्दा ठूलो क्याम्पसको रुपमा रहेको विराटनगरको महेन्द्र मोरङ क्याम्पसको मतगणना भने अझै हुन सकेको छैन । हिजो अबेर मतदान सकिएको भए पनि विद्यार्थी संगठनबीच सहमति हुन नसक्दा मतगणना हुन नसकेको हो । मतगणना सुचारु गराउन १० बजे सबै संगठनसँग छलफल राखिएको छ । त्यसपछि मतगणना हुने निर्वाचन समितिले जनाएको छ । यस्तै मोरङको सुकुना क्याम्पसमा भने आज मतदान हुँदैछ । मोरङकै पथरी क्याम्पसको पनि मत परिणाम अझै आउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित