घरेलु मैदानमा पीएसजीको अपराजित यात्रामा पूर्णविराम
सोमबार, ०६ चैत २०७९, ०७ : ०५

एजेन्सी
पेरिस । सन् २०२१ को अप्रिलपछि पेरिस सेन्ट जर्मेन पहिलोपटक आफ्नो घरेलु मैदानमा पराजित भएको छ । आइतबार राति भएको खेलमा रेनले पीएसजीलाई यो सिजनमा दोस्रोपटक पराजित गर्न सफल भएको हो ।
पाहुना टोलीले दुई हाफमा एक–एक गोल गरेको थियो । कार्ल टोको एकाम्बीले रेनलाई अग्रता दिलाए भने अर्नाउड कालिमुएन्डोले अग्रता दोब्बर बनाए । पराजयसँगै पार्क डेस प्रिन्सेसमा पीएसजीको लिगमा ३५ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
पराजयका बाबजुद क्रिस्टोफर गाल्टियरको टोली शीर्ष स्थानमा ७ अंकले अघि रहेको छ । टोली पछिल्ला १३ वर्षमा ११ औँ उपाधि जित्ने होडमा रहेको छ । २८ खेलपछि पीएसजीको ६६ अंक रहेको छ । दोस्रो स्थानमा रहेको मार्सेको ५९ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीमा भारतीय पर्यटकको आगमनलाई झन्झट रहित बनाइँदै
-
वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित
-
राजनीतिक हस्तक्षेप र स्वार्थको मारमा ‘घरेलु ओलम्पिक’
-
नेपाली खेलकुदमा दिनेभन्दा पनि लिने प्रवृत्ति हाबी छ
-
राष्ट्रिय खेलकुद खेलाडीका लागि कि पदाधिकारीका लागि ?
-
‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’