एकै दिन ११ अर्ब निक्षेप घट्यो

काठमाडौं । बैंकिङ प्रणालीमा एकै दिन ११ अर्ब रुपैयाँ निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन ३० गते मंगलवार बैंक, वित्तीय संस्थासँग ५४ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेकोमा चैत १ गते बुधवार घटेर ५४ खर्ब २ अर्ब रुपैयाँ कायम भएको छ । चैत १ गतेयताको निक्षेप घटबढको विवरण राष्ट्र बैंकले आइतवार रातिसम्म सार्वजनिक गरेको छैन ।
वाणिज्य बैंकहरूबाट १२ अर्ब रुपैयाँ निक्षेप घट्दा विकास बैंक र वित्त कम्पनीहरूमा भने १ अर्ब रुपैयाँ बढेको थियो । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशनलाई पेट्रोलियम पदार्थ खरीदबापतको रकम भुक्तानी गर्दा वाणिज्य बैंकबाट ठूलो रकम बाहिरिएको हो ।
राष्ट्र बैंकका अनुसार फागुन मसान्तमा वाणिज्य बैंकहरूसँग ४७ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप रहेकोमा चैत १ मा ४७ खर्ब ६१ अर्बमा झरेको छ । यस्तै विकास बैंक तथा फाइनान्स कम्पनीसँग रहेको निक्षेप ६ खर्ब ४० अर्बबाट बढेर ६ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।
बैंक, वित्तीय संस्थाको कर्जा पनि ४८ खर्ब १७ अर्ब रुपैयाँबाट ४८ खर्ब १२ अर्बमा ओर्लेको छ । वाणिज्य बैंकको कर्जा ४२ खर्ब ७५ अर्ब रुपैयाँबाट ४२ खर्ब ७० अर्बमा झरेको छ । विकास बैंक र वित्त कम्पनीको कर्जा प्रवाह भने स्थिर छ ।
बैंकहरूको चैत १ गतेको कर्जा–निक्षेप ९सीडी० अनुपात ८५ दशमलव ६९ प्रतिशत छ । फागुन मसान्तमा यो ८५ दशमलव ६० प्रतिशत थियो । यस्तै अन्तरबैंक ब्याजदर पनि ७ प्रतिशतबाट बढेर ७ दशमलव शून्य १ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
-
उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव अनुरुप बजेट निर्माण गर्न अध्यक्ष ढकालको अनुरोध
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण
-
लेखक लाठले ल्याए गैरआख्यान ‘सीमान्त सम्झना’
-
तीन जिल्लामा आगलागीका घटना : लाखौँको धनमाल जलेर नष्ट