जिरी क्याम्पस : सभापतिमा अनेरास्ववियुकी खड्का, सचिवमा अखिल क्रान्तिकारीका जिरेल निर्वाचित

दोलखा । दोलखाको जिरी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट ज्योति खड्का सभापतिमा निर्वाचित भएकी छन्। खड्का नेविसंघका उमेरदवार विनोद बस्नेतलाई २ मतान्तरले हराउँदै सभापतिमा निर्वाचित भएकी हुन् ।
सचिवमा गठबन्धनतर्फ माओवादी निकट अखिल क्रान्तिकारीका उमेदवार लिला जिरेल निर्वाचित भए । उनले २३ मत प्राप्त गरि एमाले निकट विद्यार्थी संगठनबाट उम्मेदवार बनेका आङदावा शेर्पालाई पराजित गरेका हुन् ।
निर्वाचनमा सचिव पदबाहेक एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको प्यानलनै विजयी भएको छ । कोषाध्यक्षमा लक्ष्मी कार्की निर्वाचित भएकी छन् । उनले २३ मत प्राप्त गरेकी छन् । सदस्यहरुमा आकृति खड्का २३, कुशल कार्की २३ मत र सरोजकुमार जिरेलले २५ मत प्राप्त गरि विजयी भएका छन् ।
समानुपातिकतर्फ अनेरास्ववियुले २६, अखिल क्रान्तिकारीले १० र अनेरास्ववियु समाजवादीले ८ मत प्राप्त गरेका छन् । दोलखामा आज ३ वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । जसमध्ये त्रिपुरा क्याम्पसमा गठबन्धनको प्यानल र प्रताप सृमति क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानलकै विजयी भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजा फर्काउन गठित समितिका सदस्यहरू को कस्ता ?
-
काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर
-
मकवानपुर क्याम्पसको मतगणना केही बेरमा हुने
-
संघीयतापछि शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा उपलब्धि प्राप्त भएको छ: मन्त्री थापा
-
तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि बजेट
-
निर्मल क्याम्पसको स्ववियु सभापतिमा भण्डारी निर्वाचित