एससीओ सम्मेलनमा पाकिस्तानलाई भारतको निम्तो, के यो नरम हुने सङ्केत हो ?
नयाँ दिल्ली । भारतले अप्रिलमा हुन लागेको सांघाई सहयोग संगठन (एससीओ) सम्मेलनका लागि पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफलाई निमन्त्रणा पठाएको छ । भारतले पाकिस्तानसहित अन्य सदस्य राष्ट्रलाई पनि निम्तो दिएको छ ।
त्यस्तै भारतले पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारीलाई मे महिनामा गोवामा हुने एससीओ विदेश मन्त्रीहरूको सम्मेलनमा निम्तो दिएको छ । यद्यपि पाकिस्तानले भारतमा हुने सम्मेलनमा दुवै मन्त्रीको सहभागिताको पुष्टि गरेको छैन ।
एससीओमा भारत र पाकिस्तानबाहेक चीन, रुस, किर्गिस्तान, काजाकिस्तान, ताजिकिस्तान र उज्वेकिस्तान सदस्य छन्। भारत आठ देशको संगठन एससीओको वर्तमान अध्यक्ष हो।
यदि पाकिस्तानका रक्षामन्त्री भारत आए भने त्यो आफैँमा दुर्लभ अवसर हुन सक्छ किनभने यसअघि पाकिस्तानका रक्षामन्त्री एकपटक मात्रै भारत आएका छन् । भारत र पाकिस्तानबीचको कूटनीतिक सम्बन्ध यतिबेला पूर्ण रूपमा चिसो छ । यस्तो अवस्थामा पाकिस्तानप्रति भारतको दृष्टिकोण बदलिँदै छ कि भन्ने अनुमान गरिएको छ ।
यद्यपि विश्लेषकहरू त्यस्तो नभएको बताउँछन् । मनोहर परिकर इन्स्टिच्युट फर डिफेन्स स्टडीज एण्ड एनालिसिसका सेन्टर फर यूरोप एण्ड युरेशियाका एसोसिएट फेलो डा. स्वस्ति राव भन्छिन्, ‘भारत सरकार पाकिस्तानप्रति कत्ति पनि नरम भएको छैन, भारतले मात्र आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गरिरहेको छ।’
उनी भन्छिन्, ‘पाकिस्तानसँग भारतका आफ्नै मुद्दाहरू छन् । यी द्विपक्षीय मुद्दाहरू हुन् तर भारतले एससीओको अध्यक्षता गरिरहेको छ । त्यसैले यो यसको बहुपक्षीय उद्देश्यहरू अगाडि बढाउने भारतको प्रतिबद्धता हो।’
एससीओ भनेको के हो?
सन् १९९६ को अप्रिलमा शाङ्घाईमा भएको बैठकमा चीन, रुस, काजाकिस्तान, किर्गिजस्तान र ताजिकिस्तानले एकअर्काको जातीय र धार्मिक तनावको सामना गर्न एकअर्कालाई सहयोग गर्न सहमत भएका थिए । त्यसपछि यसलाई सांघाई-फाइभ भनेर चिनियो।
एससीओ वास्तवमा १२ जुन २००१ मा जन्मिएको थियो। त्यसपछि चीन, रुस र मध्य एसियाका चार देश कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्वेकिस्तानका नेताहरूले सांघाई सहयोग संगठनको स्थापना गरी जातीय र धार्मिक अतिवादसँग लड्न र व्यापार र लगानी बढाउने सम्झौता गरे।
तर, सन् १९९६ मा सांघाई पहलका रूपमा सुरु हुँदा मध्य एसियाका भर्खरै स्वतन्त्र राष्ट्रहरू र रुस र चीनको सिमानामा उत्पन्न तनावलाई कसरी रोक्ने र ती सीमाहरूलाई क्रमशः कसरी हटाउने भन्ने एउटै उद्देश्य थियो । यो लक्ष्य तीन वर्षमा मात्रै पूरा भएको हो । यही कारणले गर्दा यो निकै प्रभावकारी संस्था मानिन्छ । आफ्नो उद्देश्य पूरा गरेपछि, उज्वेकिस्तान संगठनमा थपियो र २००१ बाट सांघाई सहयोग संगठन एक नयाँ संस्थाको रूपमा गठन भयो।
भारत सन् २०१७ मा एससीओको पूर्ण सदस्य बनेको थियो। यसअघि (२००५ देखि) उसलाई पर्यवेक्षक राष्ट्रको हैसियत थियो। २०१७ मा भएको एससीओको १७ औँ शिखर सम्मेलनमा, भारत र पाकिस्तानलाई यस संगठनको विस्तारको प्रक्रियाको एक महत्त्वपूर्ण चरणको रूपमा सदस्य राष्ट्रहरूको दर्जा दिइएको थियो। योसँगै यसको सदस्य सङ्ख्या आठ पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बक्स अफिसमा भूल भुलैयाभन्दा बढी कमाउँदै छ यो फिल्म
-
प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैन : माधव नेपाल
-
युक्रेनलाई ब्यालिष्टिक मिसाइल सहयोग गर्दै अमेरिका, रुसका लागि खतरा !
-
कारको दाह संस्कार भन्दै जसले गरे ६ लाख खर्च
-
सुवेदी, कक्षपति र शर्मालाई त्रिमूर्ति पुरस्कार
-
‘एक्टिङ स्टार’ को डिजिटल अडिसनमा ५०० भन्दा बढीको आवेदन