बुटवल बहुमुखी क्याम्पसमा २ हजार ६८१ मत खस्यो
आइतबार, ०५ चैत २०७९, १७ : ०६

बुटवल । बुटवल बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । ७ हजार १ सय १० मतदाता विद्यार्थी रहेको क्याम्पसमा २ हजार ६८१ मत खसेको हो ।
६ वटा संगठनले भाग लिएको यस क्याम्पसमा आजैबाट मतगणना गर्ने तयारी भएको स्ववियु निर्वाचन समितिका सदस्य सचिव प्राध्यापक खिमान्नद भण्डारीले बताए ।
यस क्याम्पसका पूर्व स्ववियु सभापति तथा एमाले नेता खिमलाल भटराई, नेपाली कांग्रेस नेता प्रजा पाल गिरीलगायतले निर्वाचनको अवलोकन गरेका थिए ।