जापानमा गायक दूतराजको एकल साङ्गीतिक कार्यक्रम हुँदै

जापानको सिजुओकामा आयोजना हुन लागेको गायक प्रकाश दूतराजको एकल साङ्गीतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । जापानको विभिन्न सहरमा साङ्गीतिक टुरमा रहेका दूतराजको सिजुओकामा यही मार्च २१ मा प्रस्तुति हुने भएको हो ।
सिजुओकाको हिगाशी सिजुओका स्टेसन नजिक रहेको ग्रान्डसिप हलमा बेलुका ५ बजेदेखि कार्यक्रम सुरु हुनेछ । सिजुओका स्पोर्टस क्लब, गलकोट समाज सिजुओका ,स्याङ्जा समाज सिजुओका र एभरेस्ट फुजी सोसाइटी हामामाचुको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रमको टिकटको मूल्य साधारण तर्फ २ हजार र भिआइपी तर्फ १ मान तय गरिएको छ ।
गायक दूतराज पछिल्लो समयमा रुचाइएका गायक हुन् । उनका गीतहरू बैनी झ्यालैमा, घर कता हो बैनीको , लाहुर जाने रेलैमालगायत चर्चामा रहेका छन् ।
सिजुओकामा हुन लागेको उक्त कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न कृष्ण केसीको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकारलाई ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब
-
युएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै
-
सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
-
नारायणको बार आज कुन राशिलाई कति फलदायी ?
-
विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा