आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

घानामा डुङ्गा दुर्घटना पाँचको मृत्यु

आइतबार, ०५ चैत २०७९, १६ : ५७
आइतबार, ०५ चैत २०७९

आकारा । दक्षिणी घानाको भोल्टा तालमा शनिबार बिहान एउटा डुङ्गा पल्टिँदा कम्तीमा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् ।

ग्रेटर अक्रा क्षेत्रको अडानजिकैको अजिजान्याबाट करिब २५ जना लिएर जाँदै गरेको यात्रुवाहक डुङ्गा एक शक्तिशाली आँधीपछि पल्टिएको अजिजाकपे निर्वाचन क्षेत्रका सभासद् ड्यानियल एडजाक्पाले बताए  ।

उनले डुङ्गामा क्षमता भन्दा बढी  सवार रहेका र सबै यात्रुले लाइफ ज्याकेट नलगाएका बताए  । 

आँधीले डुङ्गालाई दुई टुक्रा पारेको र सबै यात्रुहरूलाई नदीमा फ्याँकेको बताए ।उद्धारकर्ताहरूले अझै बाँचेको खोजी गरिरहेका राष्ट्रिय प्रकोप व्यवस्थापन संगठनका आडा जिल्ला संयोजक एबेनेजर तेये–नार्टे किसेहले सिन्ह्वालाई बताए ।-(रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप