राजनीति
लोसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने
आइतबार, ०५ चैत २०७९, १५ : २०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको पार्टीको बैठकले सो निर्णय गरेको सो पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले जानकारी गराए ।
बैठकले संसदमा सत्ता पक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको छ । यसअघि लोसपा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपनि प्रतिपक्षी बेन्चमा बस्थ्यो तर अब सत्ता पक्षमा नै बस्ने निर्णय गरेको छ । बैठकले सरकारमा समेत सहभागी हुने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार घिमिरेलाई अर्पण
-
आज पनि बढ्यो सुनको मूल्य, तोलामा कतिमा हुँदैछ कारोबार ?
-
प्रादेशिक अस्पतालबाट निजी अस्पतालमा पठाइएका बिरामीको मृत्यु, घटनाको छानबिन गर्न माग
-
हिजो विद्रोहको प्रतीक रहेको झापाबाट आज प्रतिक्रान्तिको खतरा देखियो : प्रचण्ड
-
सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ
-
चम्किला ज्याकेट लगाएका मान्छेको सडकमा आतंक