मन्त्री श्रेष्ठ र बेलायतका सांसद शर्माबीच भेटवार्ता
काठमाडौँ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र बेलायती सांसद वीरेन्द्र शर्माबीच शिष्टाचार भेटवार्ता भएको छ । आइतबार उपप्रधानमन्त्री श्रेष्ठ र सांसद शर्माबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भेटवार्ता भएको हो । सांसद शर्मा बेलायत–नेपाल सर्वदलीय सांसद समूहको सभापति हुन् । भेटवार्तामा मन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच सम्बन्धको स्मरण गर्दै बेलायती स्थानीय सेना र ब्रिटिश गोर्खा सेनाबीच समानता हुनुपर्ने धारणा राखेका छन् । श्रेष्ठले समस्याको समाधान गर्ने विषयमा चासो राख्दै यसमा सांसद शर्माबाट विशेष सहयोगको अपेक्षा गरेको बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलकबाट स्तरोन्नति हुँदै गरेको प्रसङ्गमा बेलायती सरकारबाट प्राप्त हुने सहयोगको अपेक्षा गर्दै नेपालले पाउँदै आएको सुविधा निरन्तर कायम राख्न अनुरोध गरे । जलवायु परिवर्तनका विषयमा बेलायतले खेलेको भूमिकाको सराहना गर्दै उनले भने, ‘जलवायु परिवर्तनको असर र मार नेपालजस्तो मुलुकमा बढी परेको छ । बेलायतको भूमिका थप प्रभावकारी रहोस् भन्ने हाम्रो चाहना छ ।’
उपप्रधानमन्त्री श्रेष्ठले बेलायत र नेपालबीचको व्यापार र पूर्वाधारमा बेलायतबाट हुने सहयोगका बारेमा समेत चासो राखेका थिए । भेटका क्रममा बेलायती सांसद शर्माले ब्रिटिश गोर्खाको योगदान र भूमिकाको विषयमा आफू सकारात्मक रहेको बताउँदै समानताका विषयमा आवश्यक आवाज उठाइरहेको धारणा राखेका छन्। बेलायतका तर्फबाट असमान सुविधाको विषयमा सरकारी पक्षबाट अध्ययन भएको र ३ महिनामा यो विषयले निकास पाउने जानकारी दिँदै यसमा आफूले यथाशक्य सघाउने प्रतिबद्धता समेत सांसद शर्माले जनाए ।
उनले अतिकम मुलुकबाट स्तरोन्नति भएसँगै नेपालले प्राप्त गर्ने सहयोगलाई निरन्तरता दिने विषयमा आफू सकारात्मक रहेको जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा
-
विधानसभा निर्वाचन : महाराष्ट्रमा भाजपाले खाता खोल्यो
-
नवलपरासी जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय
-
प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना