कलाकारलाई एक ढिक्का बनाएर अगाडि बढ्छु–अध्यक्ष निरौला

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा विजयी भएका मोहन निरौलाले सम्पूर्ण कलाकारलाई एक ढिक्का बनाएर आफू अगाडि बढ्ने बताएका छन् । कलाकार संघको अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिने क्रममा उनले आफूसँग पराजित रेजिना उप्रेतीलाई पनि संघमा सम्मानपूर्वक समेट्ने प्रतिबद्धता जनाए ।
उनले उप्रेतीसँग अस्वस्थ प्रतिस्पर्धा र कटुता नभएको भन्दै अगामी दिनमा सहकार्य गरेर जान कुनै आपत्ति नरहेको धारणा राखे । ‘हामी पहिले पनि सँगै र अहिले पनि सँगैछौं । हामी मिलेर नै चलचित्र कलाकारहरुको वर्गीय हितमा लाग्नेछौं’, उनले भने । उनले आफूहरु विवादित रुपमा चुनावमा नउठेको धारणा समेत राखेका थिए ।
अध्यक्षमा पराजित उप्रेतीले पनि विजयी निरौलालाई बधाई दिँदै चुनावी नतिजा सामान्य रुपमा लिएको धारणा राख्दै संघको साथमा सधैं रहने बताइन् ।
‘दाईहरुलाई हेरेर म अगाडि बढेको हुँ । दाईसँग म यसरी एकसाथ उभिन पाउनु पनि मेरो सफलता हो,’ उनले थपिन् ‘मैले हारभन्दा पनि जितको रुपमा परिणत गरेर कलाकार संघलाई अगाडि बढाउनमा दाईसँग हातमा हात मिलाएर काम गर्नेछु ।’ उनले अध्यक्ष हारे पनि संघको सदस्य भएको नाताले संघका लागि गर्नुपर्ने कामहरुमा पछि नहट्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डच भाषाशास्त्री जर्ज भानद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू’को विमोचन
-
नेशनल लाईफले सप्ताहव्यापी कार्यक्रम गरेर मनायो ३८औं वार्षिकोत्सव
-
१२ बजे, १२ समाचार : कुलमानलाई हटाउन लागेको भन्दै प्रतिनिधि सभामा विरोधदेखि निजामती कर्मचारीको उमेरहद बढाउने तयारीसम्म
-
सरकारले ल्याएका ५ वटा अध्यादेश स्वीकृत
-
अमेरिकाबाट डिपोर्ट हुनेमा २२ वर्षीय युवक र एक महिलासहित ८ जना रहेको पुष्टि
-
नेपालमा लिपमोटर टि०३ सार्वजनिक, मूल्य कति ?