शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभाबाट प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक २०७८’ प्रतिनिधिसभामा स्वीकृत

आइतबार, ०५ चैत २०७९, १४ : ०५
आइतबार, ०५ चैत २०७९

काठमाडौँ । राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मूल्याङ्कन विधेयक २०७८’ लाई प्रतिनिधिसभाले स्वीकृत गरेको छ । आइतबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रियसभाबाट सन्देश सहित प्राप्त ‘अनुगमन तथा मुल्याङ्कन विधेयक २०७८’ लाई विचार गरियोस भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । 

सो विधेयलाई नेमकिपा सांसद प्रेम सुवाल बाहेक बहुमत सांसदले स्वीकृत गरेका छन् । विधेयकमाथि संशोधन प्रस्ताव राख्नका लागि सभामुख घिमिरेले ७२ घण्टाको समय दिएका छन् ।   गत फागुन १२ गते प्रतिनिधिसभाको बैठकमा गणपुरक संख्या नपुग्दा यो विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्न सकिएको थिएन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप