नेपाली फिल्मका दर्शक कम छन् भन्ने म मान्दिन– अभिनेत्री स्वस्तिमा
![नेपाली फिल्मका दर्शक कम छन् भन्ने म मान्दिन– अभिनेत्री स्वस्तिमा](https://npcdn.ratopati.com/media/news/swostima_468MbFuI55.jpg)
काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले नेपाली फिल्मका दर्शक कम छन् भन्ने कुरा मान्न आफू तयार नभएको बताएकी छिन् । काठमाडौँमा जारी छैटौं संस्करणको छैटौं नेपाल अन्तर्राष्टिय चलचित्र महोत्सव (निफ) को शनिवारको ‘हेर्दाहेर्दै कहाँ पुगियो’ सेसनमा उनले यस्तो धारणा राखेकी हुन् ।
‘पहिला सबै कुरामा अप्सन (विकल्प) कम थियो, अहिले अप्सन धेरै छ । आफ्नो कुरा भन्नका लागि मुभी नै खेल्नुपर्छ भन्ने छैन’ उनले भनिन् ‘अहिले तीन सयवटा फिल्म एउटै खाले बन्छन् । र, त्यही बीचमा एउटा फरक खाले फिल्म आउँछ । त्यसकारण दर्शकलाई बानी बनाउन अफ्टेरो परेको हो ।’ क्रियटिभ फिल्मलाई दर्शकले जहिले पनि माया गरेको उनको धारणा रहेको थियो । ‘नेपाली फिल्मका दर्शक कम छन् भन्ने कुरा म मान्दिन । हलमा कम भएपनि युट्युबमा प्रशस्तै भ्युअर्स छन् । हलमा असफल भएका फिल्मको पनि मिलियन दर्शक पुगेको देखिन्छ । दर्शक थिएनन् भने यस्तो हुन्न थियो’ उनले थपिन् ।
फिल्म मेकरको भन्दा दर्शकको स्तर बढेको बताएकी खड्काले सोही कारणले फिल्म असफल भएको अनुमान गरिन् । ‘कोरियन फिल्मको कपी गरेको कुरा दर्शकलाई लुकाउन सकिँदैन’ उनले अगाडि भनिन् ‘हामीले हाम्रो फिल्मलाई ग्लोबलमा पुर्याउने हो भने हाम्रै लोकल कथालाई टिप्नुपर्छ ।’ भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा चलेको सेसनका निर्माता तथा प्रदर्शक अशोक शर्मा, निर्देशक सुजित बिडारीले पनि आफ्नो धारणा राखेका थिए ।
नेपाली फिल्म पहिला र अहिले विषयक केन्द्रमा राखेर डेढ घण्टासम्म चलेको सेसनमा शर्माले विगतमा थोरै फिल्म बन्ने गरेकाले त्यसबेला कोही स्टार पनि नभएको बताए । ‘दर्शक र स्टारहरुको भेट फिल्म चलेको ५१ दिने कार्यक्रमहरुमा मात्र हुन्थ्यो । अहिले दर्शकले स्टारलाई भेटिरहन पाए हुन्थ्यो भन्छ, कुनै न कुनै माध्यमले सम्पर्क गर्छ’ शर्माले भने ‘स्टार भनेको धेरै हलुका हुनुहुँदैन । त्यसकारण दर्शकसँग प्रत्यक्ष सम्पर्कमा धेरै रहनुहुँदैन ।’ उनले हिजो जे–जस्ता फिल्म बनेपनि अब भने हामीले हाम्रा लोकल स्टोरीलाई नै ग्लोबलमा पुर्याउने उद्धेश्य राख्नुपर्ने धारणा व्यक्त गरे ।
निर्देशक सुजित बिडारीले फिल्मको क्रेज कहिल्यै नघट्ने बताए । ‘सिनेमा हलको क्रेज सकिँदैन’ उनले भने, ‘किनभने मोबाइल फोन र ल्यापटपले हलको मज्जा दिन सक्दैनन् ।’ ‘नेपाली फिल्म हेरेर मैले सिकेको कुरा चाहिँ हल्ला गरेर फिल्म हेर्न हो । त्यसबाहेक कमै कुरा सिकेको छु, उनले थपे, ‘फेन्टासी हेर्ने नेपाली दर्शक छन् होला । तर उनीहरु दिपिका पादुकोणको बिकिनी सिन हेर्न लजाउँदैनन् । तर, प्रियंकाको बिकिनीलाई भल्गर देख्छन् ।’ मेकरले आफ्नो रुट बनाउनुपर्छ । रुट बनाउन सकिएन भने कहिँ पुग्न नसकिने उनको धारणा छ ।
निफमा आज चैत ५ गते बजेदेखि ६ बजेसम्म चलचित्रमा काष्टिङः महत्व र अभ्यास विषयमा सेसन चलाईंदै छ । यो सेसनमा निर्देशक दिनेश राउत, केदार शर्मा तथा लक्ष्मी बर्देवा वक्ताको रुपमा रहने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाको डिम्बासयबाट १८.६ किलोको ट्यूमर निकालियो
-
रास्वापाद्वारा रवि लामिछानेको निलम्बन फुकुवा गर्न माग
-
विपिन रिहाइका लागि इरानका विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री आरजुको फोन
-
१० बजे १० समाचार : रवि लामिछानेको सम्पत्तिबारे चर्चा, राजनीतिको केन्द्रमा उपेन्द्र
-
८ दलीय मोर्चाविरुद्ध बन्यो अर्को मोर्चा
-
विपिन जोशीको रिहाइका लागि सभामुखद्वारा अरब संसद्का अध्यक्षलाई पत्र