मोहनले जित्दा किन नाचिन् सरिता ?

काठमाडौंँ । शनिबार सम्पन्न नेपाल चलचित्र कलाकार संघको १९ औं महाधिवेनबाट संघको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छ । दिनभर भरिभराउ भएको महाधिवेशनस्थित साँझ भने झन् रौनकपूर्ण रह्यो । अध्यक्ष पदमा मोहन निरौला विजयी भएपछि थुप्रै कलाकारले गीत गाउँदै नाचगान समेत गरे । त्यो भिडमा अभिनेत्री सरिता लामिछाने पनि रहेकी थिइन् । ३ वर्ष अगाडिको निर्वाचनमा रविन्द्र खड्कासँग पराजित उनी यो पटकको निर्वाचनमा भोटरको रुपमा मात्र सहभागी भइन् ।
मतगणना स्थलमा अबेर साँझम्म बसेकी उनी अध्यक्षमा मोहन निरौलाले जित्दा निकै प्रफुल्लित मुन्द्रामा नाचगानमा समेत सहभागी भइन् । अध्यक्ष पदमा मोहन निरौला जित्दा आफंैले जिते जस्तो भएको भन्दै उनले खुशी व्यक्त समेत गरिन् । मोहनले जितेकोमा खुशी व्यक्त गर्दै सरिता नाच्दा उनलाई अन्य कलाकारले समेत साथ दिएका थिए । सरिता छमछमी नाच्दा सदस्य पदमा विजयी कलाकार गोपाल ढकालले उनलाई जुरुक्कै बोकेका थिए ।
कतिपयले सरिता नाच्नुको पछाडि अघिल्ला महाधिवेशनसँग पनि जोडेका छन् । जुन महाधिवेशनमा अहिले अध्यक्ष पदमा पराजित रेजिना सरिताको विपक्षमा लागेकी थिइन् । कारण जे भएपनि सरिताको नृत्यले भने मध्यरातमा पनि महाधिवेशन स्थलमा रौनक भित्र्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डच भाषाशास्त्री जर्ज भानद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू’को विमोचन
-
नेशनल लाईफले सप्ताहव्यापी कार्यक्रम गरेर मनायो ३८औं वार्षिकोत्सव
-
१२ बजे, १२ समाचार : कुलमानलाई हटाउन लागेको भन्दै प्रतिनिधि सभामा विरोधदेखि निजामती कर्मचारीको उमेरहद बढाउने तयारीसम्म
-
सरकारले ल्याएका ५ वटा अध्यादेश स्वीकृत
-
अमेरिकाबाट डिपोर्ट हुनेमा २२ वर्षीय युवक र एक महिलासहित ८ जना रहेको पुष्टि
-
नेपालमा लिपमोटर टि०३ सार्वजनिक, मूल्य कति ?