आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
स्ववियु निर्वाचन : महेन्द्र मोरङ क्याम्पसमा मतदान  (तस्बिरहरु)

स्ववियु निर्वाचन : महेन्द्र मोरङ क्याम्पसमा मतदान (तस्बिरहरु)

आइतबार, ०५ चैत २०७९

विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचन जारी छ । मतदानमा हालसम्म १ हजार बढी विद्यार्थी सहभागी भएको निर्वाचन अधिकारीले बताएका छन् । मतदान बिहान ९ः४० बजेदेखि सुरु भएको हो । बेलुका ४ः०० बजेसम्म मतदानको समय तोकिएको छ । क्याम्पसमा ५ हजार ७ सय ९० विद्यार्थी मतदाता छन् । 

स्ववियु निर्वाचनमा माओवादी निकट अखिल (क्रान्तिकारी), काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ, नेकपा एमाले निकट अनेरास्ववियुले छुट्टाछुट्टै प्यानल रहेको छ । जसमा अखिल क्रान्तिकारीबाट रोहित यादव, नेविसंघबाट जसवन्त पौडेल र अनेरास्ववियुबाट नविन पहाडी सभापतिका उम्मेदवार छन् । अखिल क्रान्तिकारीको प्यानललाई सिके राउत नेतृत्वको जनमत पार्टी, जनता समाजवादी पार्टी निकट विद्यार्थी सङ्गठनहरूले सहयोग गरेका छन् ।

विराटनगर डिग्री क्याम्पस, नर्सिङ क्याम्पस, कानेपोखरीको रमाइलो क्याम्पस, उर्लाबारी क्याम्पस, पथरी क्याम्पस, लेटाङ क्याम्पसलगायत ८ वटा क्याम्पसमा पनि स्ववियु निर्वाचन भइरहेको छ । बेलबारीको सुकुना क्याम्पसमा भने भोलिका लागि स्ववियु निर्वाचनको मिति तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया