बुटवल बहुमुखी क्याम्पसमा एक हजार मत खस्यो
आइतबार, ०५ चैत २०७९, १२ : ३१

बुटवल । रुपन्देहीको बुटवल बहुमुखी क्याम्पसमा चलिरहेको स्ववियु निर्वाचनमा अहिलेसम्म १ हजार मत खसेको छ ।
६ वटा सङ्गठनले भाग लिएको यस क्याम्पसमा ७ हजार १ सय १० मतदाता विद्यार्थी रहेका छन् । निर्वाचन सदस्य सचिव प्राध्यापक खिललाल भट्टराईले अहिलेसम्मकै विद्यार्थीहरूले उत्साहजनक रूपमा मतदानमा भाग लिएको रातोपाटीलाई बताए ।
यहाँ यस अघि २०६५ सालमा मतगणना हुने बेला र २०७३ सालमा निर्वाचन सबै प्रक्रिया टुङ्गाएर उम्मेदवारी दर्ता गर्ने बेला रोकिएको थियो । लामो समय रोकिएको बुटवल बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ । यस अघिका सबै स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्विवियुले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बसपार्कबाट खैरो हेरोइन सहित भारतीय दम्पती पक्राउ
-
१० बजे १० समाचार : मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ताकेतादेखि माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामासम्म
-
काठमाडौँ महानगरका मेयर र उपमेयरसँगको छलफलपछि प्रधानाध्यापकहरू उत्साहित
-
अमेरिकाबाट ‘डिपोर्ट’ भएका १२ भारतीय बोकेर दिल्ली आइपुग्यो विमान
-
३३७२ जोर जुत्ता भन्सार छलेर ल्याएको आरोपमा तीन जनाविरुद्ध १० करोडको मुद्दा
-
इजरायलले वेस्ट बैंकका तीन शरणार्थी शिविर खाली गरायो