सन् २०२३ को विश्व आर्थिक वृद्धिदर २.६ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) ले सन् २०२३ को विश्व आर्थिक वृद्धिदर २.६ प्रतिशत हुने अनुमान गरेको छ । यसअघि नोम्बेरमा ओईसीडीले नै गरेको प्रक्षेपणमा यो वर्ष २.२ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने बताएको थियो । तर, पछिल्लो समय कोभिड–१९ को विश्व प्रभाव कम हुँदै जाँदा ठुलो अर्थतन्त्र बोकेको चीन कोभिडको प्रतिबन्धबाट बाहिरिएको र मुद्रास्फीति समेत कम हुँदै गइरहेको अवस्थामा यस्तो आर्थिक वृद्धिदर बढ्न सक्ने निर्क्योलमा ओईसीडी पुगेको हो ।
तर, आर्थिक मन्दीको चपेटामा अमेरिकी बैंकिङ क्षेत्रमा आएको उथलपुथलमा भने संगठनले चेतावनी दिएको छ । कमजोर अर्थनीति तथा प्रयोगले समस्या आएको ओईसीडीको रिपोर्टमा उल्लेख गरिएको छ । आर्थिक वृद्धिदरकै सन्दर्भमा व्याख्या गर्दै ओईसीडीले भनेको छ, ‘सन् २०२२ मा देखिएको ३.२ प्रतिशतको विस्तारको तुलनामा २.६ प्रतिशतको आर्थिक अझै न्यून हो’ ए फ्रेजाइल रिकभरी शीर्षकको आफ्नो अद्यावधिक आर्थिक मूल्याङ्कनमा उल्लेख गरेको छ ।
ओईसीडीले आफ्नो अन्तरिम आर्थिक मूल्याङ्कन रिपोर्टमा भनेको छ, ‘व्यापार र उपभोक्ताको भावनामा सुधार आउन थालेको, खाद्यान्न र ऊर्जाको मूल्य मा गिरावट आएको र चीनको बजार पूर्णरुपमा खुल्न थालेपछि थप सकारात्मक संकेतहरु देखिन थालेका छन् ।’
उक्त प्रतिवेदन अनुसार सुधारको अवस्था अझै कमजोर रहेको र जोखिमहरू केही हदसम्म सन्तुलित भएका तर नकारात्मक पक्षमा झुकेका छन् । यसलाई पुष्टि गर्न युक्रेनमा युद्धको क्रममा अनिश्चितता, ऊर्जा बजारमा नयाँ दबाबको जोखिम र बढ्दो ब्याज दरको प्रभावलाई उद्धृत गरिएको छ । दशकौँदेखिको उच्च मुद्रास्फीतिलाई नियन्त्रण गर्ने प्रयासमा विश्वभरका केन्द्रीय बैंकहरुले ब्याजदर बढाएका छन्, तर बढ्दो ऋण लागतले अर्थतन्त्रलाई मन्दीतर्फ धकेल्न सक्ने डर विश्व बजारमा व्याप्त छ ।
कडा मौद्रिक नीतिको प्रभावका संकेतहरु संयुक्त राज्य अमेरिकाका क्षेत्रीय बैंकहरुसहित बैंकिङ क्षेत्रका केही भागहरूमा देखिन थालेका छन् । उच्च ब्याज दरले अन्तर्निहित वित्तीय कमजोरीहरू उजागर गर्दछ भने आर्थिक वृद्धिमा अपेक्षा गरेभन्दा बढी प्रभाव पार्न सक्छ । गत साता सिलिकन भ्याली बैंकले उच्च दरका कारण मूल्य घटाएको ऋणपत्रमा १.८ अर्ब अमेरिकी डलरको नोक्सानीको सन्दर्भ सार्वजनिक भएपछि मौद्रिक कडाइलाई जोडेर अध्ययन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता
-
रियाल मड्रिड ला लिगाको दोस्रो स्थानमा, बार्सिलोना झन् तल ओर्लियो
-
प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब लय जारी, घरेलु मैदानमै हार
-
लिभरपुलको शीर्षता थप बलियो, टोटनह्यामको पोष्टमा ६ गोल
-
नबिल बैंकद्वारा भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण
-
विमानस्थल विस्तारको प्रस्ताव लिएर लुम्बिनीका नेता पर्यटनमन्त्रीको 'ढोकामा'