छ गोलको थ्रिलरमा बराबरीमा रोकियो स्पर्स

लण्डन । छ गोलको थ्रिलरमा प्रिमियर लिगको पुछारमा रहेको साउथह्याम्पटनले पुनरागमन गर्दै टोटनहम हटस्पर्सलाई बराबरीमा रोक्न सफल भएको छ । जेम्स वार्ड प्राउसले खेलको इन्जुरी समयमा गोल गर्दै सेन्ट्सलाई अंक दिलाएका हुन् ।
पेड्रो पोरोले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै स्पर्सलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै चे एडम्सले खेल बराबरी गरे । ६५ औँ मिनेटमा ह्यारी केनले स्पर्सलाई पुनः अग्रता दिलाए भने इभान पेरिसिचले ७४ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए ।
यद्यपि, ३ मिनेटपछि नै थियो वाल्कोटले सेन्ट्सका लागि एक गोल फर्काए । स्पर्स जीततर्फ अघि बढिरहँदा खेलको इन्जुरी समयमा सेन्ट्सले पेनाल्टी पायो जसलाई प्राउसले सजिलै गोलमा परिणत गरे ।
खेल ३–३ को बराबरीमा सकियो । बराबरीपछि टोटनहम २८ खेलबाट ४९ अंक बटुल्दै लिगको चौथो स्थानमा कायम छ । साउथह्याम्पटन भने २३ अंकसहित लिगको अन्तिम स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेरी अस्पतालको ओपिडी सेवा सञ्चालनमा
-
क्रियाशील सदस्यता नवीकरण गर्न कांग्रेसले दियो वैशाख मसान्तसम्मको समय
-
शाखा अधिकृत भट्टराईविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
-
राजनीतिक दलहरू खत्तम भन्ने भाष्य निर्दलीयहरूको धन्दा हो: उपमहासचिव बस्नेत
-
पन्ध्र वर्षपछि काभ्रे–कोशीपूर्वको सडक पक्की बनाइयो
-
३६ लाख ठगी आरोपमा ठमेलको दोहोरी साँझबाट पूर्व हवल्दार पक्राउ