पाँच दिनमा हालान्डको दोस्रो ह्याट्रिक, सिटी सेमिफाइनलमा

म्यानचेस्टर । अर्लिङ हालान्डले पाँच दिनमा दोस्रो ह्याट्रिक गर्दा म्यानचेस्टर सिटीले बर्नलीमाथि गोल वर्षा गरेको छ । शनिबार राति एतिहाद स्टेडियमा भएको खेलमा सिटी ६–० गोलले विजयी हुँदै एफए कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
गत हप्ता च्याम्पियन्स लिगमा आरबी लेइपजिगविरुद्ध पाँच गोल गरेका हालान्डले शनिबार तीन गोल थप्दै यो सिजन आफ्नो गोल सङ्ख्या ४२ पुर्याएका छन् । प्रिमियर लिगमा रुड भान निस्टलरोय र मोहमद शालाहले बनाएको एकै सिजनमा सर्वाधिक गोलको कीर्तिमानभन्दा उनी अब मात्र दुई गोलले पछि छन् ।
हालान्डसँगै जुलियन आल्भारेजले दुई तथा कोल पाल्मरले एक गोल थप्दै टोलीलाई सानदार जीत दिलाए । उता सिटीका पूर्वकप्तान भिनसेन्ट कोम्पानीको टोली च्याम्पियन्सीपमा १३ अंकले अघि रहे पनि शनिबारको खेलमा निरीह देखिएको थियो ।
पेप ग्वार्डिओलको नेतृत्वमा सिटी सात सिजनमध्ये ६ वटामा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । यद्यपि टोलीले यो प्रतियोगिता २ पटकमात्र जितेको छ । अब एफए कपको ड्र आइतबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेरी अस्पतालको ओपिडी सेवा सञ्चालनमा
-
क्रियाशील सदस्यता नवीकरण गर्न कांग्रेसले दियो वैशाख मसान्तसम्मको समय
-
शाखा अधिकृत भट्टराईविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
-
राजनीतिक दलहरू खत्तम भन्ने भाष्य निर्दलीयहरूको धन्दा हो: उपमहासचिव बस्नेत
-
पन्ध्र वर्षपछि काभ्रे–कोशीपूर्वको सडक पक्की बनाइयो
-
३६ लाख ठगी आरोपमा ठमेलको दोहोरी साँझबाट पूर्व हवल्दार पक्राउ