कला
कलाकार सङ्घको अध्यक्षमा मोहन निरौला विजयी
आइतबार, ०५ चैत २०७९, ०६ : २६

काठमाडौँ । नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् । शनिबार सम्पन्न सङ्घको १९ औँ महाधिवेशनमा निरौलाले प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतले पछि पार्दै विजयी हासिल गरेका हुन् ।
कुल खसेको ४६८ मत मध्ये मोहनले २३५ मत पाउँदा उप्रेतीले २०९ प्राप्त गरिन् । त्यस्तै उपाध्यक्षमा कविता गेलाल र शिवहरि वैरागी विजयी हुँदा महासचिव सविन श्रेष्ठ र सचिवमा रामेश्वर बुर्लाकोटी चुनिएका छन् ।
त्यसैगरि कोषाध्यक्षमा सुनिल कटुवाल विजयी हुँदा सह–कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन् ।
१० जना सदस्यहरूमा शीतल केसी, गोपाल ढकाल ‘छन्दे’, उद्धव प्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुम्बु खड्का, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज अन्तरराष्ट्रिय निःशस्त्रीकरण दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
विराटले उछिने सचिनलाई
-
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति शिक्षक महासङ्घले जनायो आपत्ति
-
लन्डनकी अन्जुले पूरा गरिन् विश्वकै ठुला ६ वटा म्याराथन
-
नुवाकोटका माझी समुदायले पहिलो पटक मनाए लदी पर्व
-
प्रतिनिधिसभा बैठक बस्दै, सरकारले ल्याएको पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुने