जसपाका अध्यक्ष यादवले दिए नवनिर्वाचित उपराष्ट्रपतिलाई बधाई
शनिबार, ०४ चैत २०७९, २० : ५१

काठमाडौँ । जनता समजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवलाई बधाई दिएका छन् । पार्टीका केही शीर्ष नेताका साथ बानेश्वरस्थित सहकारी विभागको गेष्ट हाउसमा पुगेर उपराष्ट्रपति यादवलाई अध्यक्ष यादवले बधाई दिएका हुन् । उपराष्ट्रपति यादव हाल सहकारीको गेष्ट हाउसमा बसिरहेका छन् ।
बधाई दिने क्रममा अध्यक्ष यादवले संविधान, लोकतान्त्रिक गणतन्त्रको रक्षामा उपराष्ट्रपति यादवको महत्त्वपूर्ण भूमिका रहने विश्वास लिएको बताएका छन् । उनले जनताको आशा र भरोसाको केन्द्रमा रहेर काम गर्न समेत उपराष्ट्रपतिलाई सुझाव दिएका छन् । जसपाले यादवलाई उपराष्ट्रपतिमा सिफारिस गरेको थियो । उनी बारा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । यादव जसपाका कार्यकारिणी सदस्य पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु
-
६ स्थानमा राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची)
-
शिक्षक नेताहरूलाई वार्तामा जाँदा आफ्नै आन्दोलनरत शिक्षकहरूबाट डर !
-
एलओडी बन्यो विश्वकै ४४ औँ उत्कृष्ट क्लब
-
बार निर्वाचन : मिश्र २ हजार ४३१ मतान्तरले विजयी
-
बक्स अफिसमा विदेशी फिल्म : कुनैको १५ वटा टिकट बिक्री, कुनैको ८ लाख !