सत्ता साझेदारीबारे विश्वासको मतपछि मात्र छलफल हुने

काठमाडौँ । सत्ता साझेदार १० दलबीच सत्ता बाँडफाँडबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएपछि मात्र छलफल हुने भएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदारीबारे विश्वासको मतपछि मात्र छलफलमा प्रवेश गर्ने बताएका हुन् ।
आजको बैठकमा प्रधानमन्त्रीको विश्वासको मतसँगै सत्ता बाँडफाँडबारे पनि छलफल हुने अपेक्षा गरिएको थियो । विश्वासको मत दिनेबारे दलहरुबीच एक मत हुने सहमति बनेसँगै केही दलहरूले आज नै सत्ता साझेदारीको कुरा पनि टुङ्ग्याउनुपर्ने कुरा राखेका थिए । तर, प्रधानमन्त्री आफैले विश्वासको मत अघि यी विषयमा छलफल गर्न उपयुक्त नहुने बताएका थिए ।
बैठकमा सहभागी नेपाल समाजवादी पार्टीका नेता महिन्द्रराय यादवले रातोपाटीसँग भने, ‘आजको बैठकमा विश्वासको मतबारे मात्र छलफल भयो । विश्वासको मत दिनेबारे सबै दल सहमत भएका छन् । विश्वासको मत सकिएको भोलिपल्टबाट सत्ता सहकार्यबारे छलफल हुन्छ ।’
‘केही दलले यसलाई आजै टुंगो लगाऔँ भन्ने कुरा उठाएका थिए । तर प्रधानमन्त्रीले विश्वासको मतपछि यसबारे छलफल गर्ने बताउनुभयो । त्यसपछि दलहरूले आ–आफ्नो धारणा राख्ने काम भयो । अनि बैठक सकियो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलर, युरो, पाउण्ड तथा अष्ट्रेलियन डलरको मूल्य कति ? यस्तो छ विदेबी मुद्राको किनबेचदर
-
आज चैत्र कृष्ण औँसी, काठमाडौं उपत्यकामा घोडेजात्रा
-
कोरियाबाट फर्केर सामूहिक कृषि फार्म सञ्चालन
-
चिनी उत्पादन अनुपातमा कमी
-
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन
-
उदण्ड प्रदर्शनका दोषीमाथि कानुनी कारबाही गर्न महासंघको माग