सरकारले ल्याउने विधेयक र विश्वासको मतमा १० दल एकमत रहने

काठमाडौँ । सत्ता साझेदार दलबीच भोलि संसदमा प्रस्तुत गर्ने विधेयक र पर्सी सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ। शनिबार बालुवाटारमा सम्पन्न सत्ता साझेदार १० दलका शीर्ष नेताहरुको बैठकमा सो सहमति जुटेको हो ।
नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारेमा १० दलीय गठबन्धनका नेताहरू सकारात्मक रहेको बताए । उनले भने, ‘६ गते प्रधानमन्त्रीले विश्वासको मत लिने बारेमा छलफल भयो । भोलि संसद्मा पेस हुने सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र संवैधानिक परिषद्सँग सम्बन्धित विधेयकका बारेमा छलफल भयो ।’
प्रधानमन्त्री प्रचण्डले यही चैत्र ६ गते विश्वासको मत लिँदैछन् । विश्वासको मत लिएसँगै प्रधानमन्त्रीले सत्ता बाँडफाँडको विषय टुङ्ग्याएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । देशको आन्तरिक राजनीति सेटल नहुँदा प्रधानमन्त्रीको भारत भ्रमणको मिति समेत टुंगो लाग्न सकेको छैन ।
भोलि बस्ने संसद् बैठकमा सत्यनिरूपण आयोग तथा मेलमिलाप आयोग सम्बन्धि विधेयक, संवैधानिक परिषद् सम्बन्धि विधेयक र संसद नियमावली प्रस्तुत गर्ने पनि आज बसेको गठबन्धनको बैठकमा सहमति भएको छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि नागरिकता विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा नेता शरत सिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा