राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ । शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । बैठकले पार्टीको संसदीय दलको विधान पनि टुंग्याएको छ । बैठकले कृषि मलमा कटौति गरेको अनुदानका विरुद्धमा सरकारलाई ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ । बैकठपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बैठकले संसदीय दलको विधान पारित गरेको र विधान अनुसार संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई मनोनयन गरेको जानकारी दिए ।
उनले भने, ‘बैठकले संसदीय दलको विधान पारित गरेको छ । विधान बमोजिम संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई मनोनयन गरेको छ । आजको बैठकमा संसदमा कसरी पेस हुने विषय र विभिन्न विधेयकको विषयमा व्यापक रुपले छलफल गरेको छौँ । संसदीय अभ्यासका बारेमा प्रदेश र संघका सांसदहरुलाई उपस्थित हुन संसदीय अनुशिक्षणका दिने निर्णय गरेका छौँ ।’
अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकमा फरक मत राख्ने बताए । उनले यो विधेयक एक पक्षीय रहेको बिद्रोही पक्षको लागि मात्रै भएको आरोप लगाए । उनले द्वन्द्वको अर्को पक्षको बारेमा सम्बोधन नभएकाले राप्रपाले यो विधेयकमा संसदमा आफ्नो धारणा राख्ने पनि बताए । उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक सम्बन्धी फरक मत राख्नेछ । यो विधेयक एक पक्षीय छ । खासगरी बिद्रोही पक्षको लागि मात्रै छ । द्वन्द्वको अर्को पक्ष र तेस्रो पक्ष आम पीडित जनाको पक्षमा सम्बोधन छैन । यसमा हामी संसदमा व्यापक छलफल गर्नेछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा