युट्युबले २ वर्षपछि फुकुवा गर्यो ट्रम्पमाथिको कारबाही

काठमाडौँ । अमेरिकी टेक कम्पनी युट्युबले करिब २ वर्षपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको कारबाही फुकुवा गरेको छ । टेक जायन्ट युट्युबले करिब २ वर्षअघि ट्रम्पको च्यानलमाथि प्रतिबन्ध लगाएको थियो । यसअघि, ट्रम्पले आफ्नो च्यानलमा भिडियो पोस्ट गर्दै हिंसालाई बढुवा दिएको आरोपसहित प्रतिबन्ध लगाएको थियो ।
युट्युबअघि एलन मस्कको ट्वीटर र मार्क जुकरवर्गको मेटा र इन्सटाग्रामले समेत ट्रम्पमाथिको प्रतिबन्ध फुकुवा गरिसकेका छन् । प्रतिबन्ध हटेसँगै अब ट्रम्पको युट्यूब च्यानल प्रयोगकका लागि योग्य बनेको छ र उनले भिडियोहरू पोस्ट गर्न सक्ने युट्युबले जानकारी दिएको छ ।
युट्युबको प्यारेन्ट कम्पनी गुगलले ट्वीटरमा लेखेको छ, ‘आजदेखि सुरु भएको छ, डोनाल्ड जे.ट्रम्पको च्यानलको प्रतिबन्ध फुकुवा भएको छ ।’ यसअघि अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पराजित बनेपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत हिंसा भड्काएको आरोप लागेको थियो ।
उक्त आरोपसँगै सबैजसो सामाजिक सञ्जाल प्लेटफर्मले ट्रम्पमाथि प्रतिबन्धको घोषणा गरेका थिए । उक्त प्रतिबन्धसँगै ट्रम्पले आफ्नै लगानीमा ‘ट्रुथ सोसियल’नामक सामाजिक सञ्जाल सुरु गरेका थिए । तर, यो प्रभावकारी बन्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो
-
रुस–युक्रेन युद्धविरामका लागि मंगलबार कुरा गर्दैछन् पुटिन–ट्रम्प
-
रास्वपाको केन्द्रीय समिति बैठक अर्को हप्ता बस्ने
-
कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य प्राज्ञिक केन्द्र बनाउन सुझाव
-
लोप हुँदै रानाथारू समुदायले होलीमा लगाउने परम्परागत गहना
-
हास्य अभिनेत्री भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित