शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

शहरी क्षेत्रका ९० प्रतिशत भवन संहिताविपरित निर्माण

बिहीबार, १७ फागुन २०७४, १० : ४३
बिहीबार, १७ फागुन २०७४

भक्तपुर – नेपालमा भवन संहितालागू भएपनि काठमाडौं उपत्यका र बाहिर क्षेत्रमा निर्मित भवनसंहिता विपरित निमार्ण हुने गरेका छन् ।

भक्तपुरमा आयोजित राष्ट्रिय भवन संहिता कार्यान्वनमा नीजि क्षेत्रको भुमिका बिषयक कार्यशाला गोष्ठीमा सम्बन्धीत क्षेत्रका विज्ञहरुले शहरी क्षेत्रमा ९० प्रतिशत भवनहरु संहिता विपरित निमार्ण हुने गरेको बताए । 
नेपालमा निर्माण भएका संरचनाहरु विपद सहन सक्ने क्षमताका नहुँदा ठुलोमात्रमा जनधनको क्षति हुने गरेको छ । 

कार्यक्रममा शहरी विकास मन्त्रालय भवन निर्माण विभागका इन्जिनियर विवेक सिग्देलले नेपालमा घर, होटल, विद्यालय लगायतका संरचना बनाउनदाँ आवश्यक मापदण्ड पुरा नगर्नेहरु धेरै रहेको बताए ।

नेपाल राष्ट्रिय भवन निमार्ण संहितामा २३ प्रकारका प्रक्रियाहरु रहेको र त्यसमध्ये कुनै एकको मापदण्डमा रहेर निमार्ण कार्य गर्नु पर्ने भएपनि सो पूरा नभएको सिग्देलको भनाई छ । 

उनले प्राकृतिक प्रकोपहरु जस्तै भुकम्प, बाढि पहिरो, आगलागि, हावाहुरीको जोखिमबाट बच्नको लागि भवन निमार्ण संहिता पालना गर्नु पर्ने बताए ।

फ्रेण्ड सर्भिस काउन्सिल नेपालका अध्यक्ष सुर्यबहादुर थापाले चाँगुनारायण नगरपालिकाले विपद व्यवस्थापनकोलागि आपतकालिन कार्य सञ्चालन केन्द्र नगरपालिकाको सहकार्यमा राख्ने तयारी भइरहेको बताए ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका उपप्रमुख विना बास्तोलाले नगरक्षेत्रभित्र भवन संहिता लागू गर्न कडाई गर्ने बताइन् ।

भक्तपुरमा रहेका विभिन्न बैकंका शाखाका प्रतिनिधि, नगरकोट नाल्दुम पर्यटन विकाश समितिका अध्यक्ष इन्द्र लामा, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकीलगायतले विपदबाट बच्न सबैक्षेत्र एकजुट भएर लाग्नुपर्ने धारणा राखेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप