समाचार
काठमाडौँबाट सुर्खेत उडेको बुद्ध एयरको इन्डिकेसनमा समस्या, बीच बाटोबाटै फर्कियो
शनिबार, ०४ चैत २०७९, १० : ४०
![काठमाडौँबाट सुर्खेत उडेको बुद्ध एयरको इन्डिकेसनमा समस्या, बीच बाटोबाटै फर्कियो](https://npcdn.ratopati.com/media/news/buddha_air_Pe9soG8uDo.jpg)
काठमाडौँ । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि १५ माइल उडान भर्नेवित्तिकै फर्किएको छ। बुद्ध एयरको एटीआर ७२ जहाजको इन्डिकेसनमा समस्या आएपछि सिमराको आकाशबाट फर्काइएको क्यानका प्रवक्ता जग्गनाथ निरौलाले रातोपाटीलाई जानकारी दिए ।
जहाज सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएको छ। जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ। यता प्राधिकरणले उडानको चेकजाँचमा संलग्न दुई जना प्रविधिकलाई काममा रोक लगाइएको छ । जहाजमा ६२ जना यात्रु रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आप्रवासी लखेट्ने ट्रम्पको नीतिले अमेरिकी आर्थिक वृद्धिदर खुम्च्याउने चेतावनी
-
बजार परिसूचक र कारोबार दुवै घट्यो, हाइलाइटमा यी पाँच कम्पनी
-
पाथीभरा केबलकार विवाद : सहमति नभएपछि पुनः आन्दोलनको घोषणा
-
‘मेक्सिको खाडी’ अबदेखि हुने भयो ‘अमेरिका खाडी’
-
देशमा इमानदारिताको खडेरी लाग्यो : सुरेश आले मगर
-
विद्यालयमा प्रयोग भएका सवारीसाधनको अनुगमन हुनुपर्छ : सांसद केसी