स्थानीय सरकारको योजनामा अपाङ्गता भएका महिलाहरूको सवाल सम्बोधन गर्न माग
काठमाडौँ । नेपाल अपांग महिला संघले स्थानीय सरकार समक्ष आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम योजनामा अपाङ्गता भएका महिलाहरूको सवाल सम्बोधन गर्न माग गरेको छ ।
शुक्रबार काठमाडौँमा भएको एक कार्यक्रमका बीच नेपाल अपाङ्ग महिला संघका पदाधिकारीहरूले काठमाडौँ महानगरपालिकाका वडाहरूका प्रतिनिधिहरू समक्ष अपाङ्गता भएका महिलाहरूको सवाल सम्बोधन गर्न माग गदै सबै वडाहरूमा अपांगता भएका व्यक्तिहरूको आकडा संकलन गरी उनीहरूको पहिचानको लागि अपाङ्ग परिचयपत्रको साथै सीपमूलक तालिमहरू ल्याउनु पर्ने माग गरका थिए ।
कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिका समाजिक विकास विभागकी भवानी कपालीले अपाङ्गता भएका महिलाहरूको सवाल सम्बोधन सबैको सरोकारको विषय भएकोले सबै यसबारेमा बोल्नु पर्ने बताइन् । कपालीले वडाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको सवालमा अभिभुखिकरण आवश्यक रहेको जिकिर गर्दै अपाङ्गता भएका महिलालाई सीपमूलक तालिम मात्रै नभई उत्पादन गरिएका समानको बजारीकरणको व्यवस्था पनि गर्नु पर्ने बताइन् ।
यसैगरी कामनपा वार्ड ९ का सदस्य टेकराज अधिकारीले अपाङ्गता भएका व्यक्तिहरूको सवालमा स्थानीय सरकार सचेत रहेको र भौतिक निर्माणमाअपाङ्गता मैत्री पूर्वाधारहरू तयार पारेको बताए। यसैगरी अपाङ्ग भएकै कारण अध्ययनबाट बञ्चित बालबालिकाहरूलाई शिक्षा र स्वास्थ्यमा निःशुल्क सेवा दिने प्रतिबद्धता उनले व्यक्त गरे ।
कार्यक्रममा कामनपा वार्ड १० कि महिला सदस्य मिना श्रेष्ठले, अटिजम भएका बालबालिकाहरूलाई राख्न गाह्रो हुने र अपाङ्गता भएका व्यक्ति भन्ने बित्तिकै उनीहरूलाई कार्ड दिएर पन्छाउने काम मात्रै भैरहेको गुनासो गरिन् । यसको लागि काठमाडौँ महानगरपालिकाले ठोस नीति नै ल्याउनु पर्ने श्रेष्ठको भनाई रहेको थियो ।
यसैगरी वार्ड १४ कि महिला सदस्य शोभा खड्काले अपाङ्ग भएका व्यक्तिहरूको कार्ड हराएको समस्या लिएर आउने गरेको गुनासो गरिन् । कार्यक्रममा राष्ट्रियअपाङ्ग महासङ्घकी उपाध्यक्ष अनिता घिमिरेले अपाङ्गताको नाउँमा एउटै व्यक्तिले कागजपत्र मिलाएर ल्याएको आधारमा स्थानीय सरकारले त्यस व्यक्ति र संस्थाको अनुगमन गरेर मात्र कार्यक्रम दिनु पर्ने बताइन् ।
कार्यक्रममा नेपालअपाङ्ग महिला सङ्घकी अध्यक्ष टीका दाहालले स्थानीय सरकारलाई आफ्नो क्षेत्रको विषयमा कानुन बनाउने पूर्ण अधिकार भएकोले अब बन्ने नीति तथा कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीको पनि व्यवस्था गर्नु पर्नेमा जोड दिइन् ।
कार्यक्रममा नेपाल अपाङ्ग महिला संघका सल्लाहकार तथा अधिवक्ता मुकुन्द दाहालले संघ स्थानीय सरकार समक्ष सहकार्य गरेर काम गर्न इच्छुक रहेको बताए ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाको ९, १०, १४, १६, २९ का कार्यपालिका सदस्य तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति