पहिलो एकदिवसीयमा भारतद्वारा अस्ट्रेलिया ५ विकेटले पराजित

मुम्बई । भारत र अस्ट्रेलियाबीचको तीन खेलको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई ५ विकेटले पराजित गरेको छ ।
अस्ट्रेलियाले दिएको १८८ रनको लक्ष्य भारतले ३९.५ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो । भारतका लागि केएल राहुलले सर्वाधिक ७५ रन बनाएर अविजित रहे भने अस्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए ।
यसअघि भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । दोस्रो ओभरमै पहिलो विकेट गुमाएको अस्ट्रेलियाले खराब सुरुवात गरेको थियो । तर, त्यसपछि स्मिथ र मार्सले इनिङ्सलाई सम्हालेका थिए । स्मिथ १३ औं ओभरमा २२ रन बनाएर आउट भए । यसबेला अस्ट्रेलियाको स्कोर ७७ रन थियो ।
१२९ रनको स्कोरमा मिचेल मार्स पभिलियन फर्किए । यसपछि कोही पनि लामो समय टिक्न सकेनन् र अस्ट्रेलियाको पूरा इनिङ ३५.४ ओभरमा १८८ रनमा समेटियो । भारतका मोहम्मद सामी र मोहम्मद सिराजले ३–३ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
-
२०८१ सालमा लुम्बिनी प्रदेश : एमालेलाई लाभैलाभ, साना दललाई संकट
-
नागरिकको भरोसा बढाउने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
नर्भिक अस्पताल ३३ औँ वर्षमा प्रवेश, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा
-
शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउँदै
-
नेपाल एयरलाइन्सद्वारा ऋण बापतको ५३ करोड ९ लाख भुक्तानी