थ्री स्टारमाथि जावलाखेलको जित, मच्छिन्द्र बराबरीमा रोकियो
काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले थ्रीस्टार क्लबलाई १–० ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलका लागि एनकोटो सिनोस मसोआबीले एक मात्र गोल गरे । खेलको १६ औं मिनेटमा मासोबीले गोल गरेका थिए ।
च्यासल रंगशालामा भएको अर्को खेलमा चर्च ब्वाइज युनाइटेडले मछिन्द्र फुटबल क्लबसँग गोलरहित बराबरी खेलेको छ । मिडफिल्डर पुजन उपरकोटीले जोस्पेह ओउसु बेम्पाहलाई फाउल गरेपछि मछिन्द्रले खेलको दोस्रो हाफ १० खेलाडीसँग खेलेको थियो । खेलको ४२औं मिनेटमा बेम्पाहलाई कुहिनोमा हानेपछि उपरकोटीलाई सिधा रातो देखाइएको थियो ।
संख्यात्मक कमजोरीका बाबजुद मछिन्द्रले आफ्नो पकड कायम राखेको र चर्च ब्वाइजले गतिरोध तोड्ने थुप्रै अवसर गुमाएपछि दुवै पक्षले अंक बाँडे । सातदोबाटो युथ क्लब १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । चर्च ब्वाइज ११ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । जावलाखेल १० अंकसहित तेस्रो स्थानमा छ ।
शनिबार दिउँसो २ः३० बजे च्यासल रंगशालामा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा नेपाल पुलिस क्लबले न्यूरोड टिमसँग खेल्नेछ भने तेस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबले एपीएफ फुटबल क्लबसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
-
१० बजे १० समाचार : दुर्गा प्रसाईंबारे फैसलादेखि बीआरआईको विवादसम्म