टेनिस खेलाडीलाई केटीएम सिटीको प्रायोजन

काठमाडौँ । नेपालका तीन खेलाडीले वर्ल्ड जुनियर टेनिस च्याम्पियनसिपको अन्तिम छनोट खेल्ने भएका छन् । मलेसियाको कुचिङमा मार्च १८ मा हुने वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपको अन्तिम छनोटमा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने पक्का भएको हो । काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर नेपालबाट स्वस्तिका विष्ट, शिभाली गुरुङ र समृद्धि महर्जनले वल्र्ड च्याम्पियनसिपको अन्तिम छनोटमा खेल्ने जानकारी गराइएको छ ।
नेपाली ब्राण्ड केटीएम सिटीको सहयोग रहेको नेपाली टिमले मलेसियामा उत्कृष्ट प्रर्दशन गर्ने टिम क्याप्टेन कन्चन खड्गीले बताए । उनले एसिया ओसियानाबाट छनोट हुने तीन टिमले फाइनल खेलमा सहभागीता जनाउन पाउने उल्लेख गरे । क्याप्टेन खड्गीले प्रतियोगिताका लागि नेपाली टिम तयार रहेको बताउँदै जुनियर टेनिस च्याम्पियनसिपमा छनोट हुने विश्वास ब्यक्त गरे ।
प्रतियोगितामा सहभागी हुने खेलाडीलाई केटीएम सिटीले आवश्यक जर्सी, ट्रयाक, जुत्ता लगायतको सामाग्री प्रायोजनको रुपमा सहयोग गरेको छ । यू–१४ गल्र्स विधाको यस प्रतियोगितामा नेपाल सहित १६ देशका एसियाली खेलाडीले सहभागीता जनाउनेछन् । नेपालीको जुनियर महिला टिमले पहिलो पटक अन्तिम छनोट खेल्न लागेको हो । प्रतियोगितालाई अन्तराष्ट्रिय टेसिन महासंघ र एसियन टेनिस महासंघको सहयोग रहेको छ ।
नेपाल टेनिस संघका उपाध्यक्ष राजु श्रेष्ठ र केटीएम सिटीकी एचआर हेड नेहा चित्रकारले सहभागी खेलाडीलाई बिदाई गरेका थिए । उपाध्यक्ष श्रेष्ठले मलेसियामा उत्कृष्ट नतिजा निकाल्ने गरि प्रर्दशन गर्न खेलाडीलाई शुभकामना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
-
मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा