डेभलपमेन्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा श्रेष्ठ
शुक्रबार, ०३ चैत २०७९, २१ : १४

काठमाडौँ । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ सर्वसम्मतिबाट निर्वाचित भएका छन् । आज चितवनमा सम्पन्न १७ औं वार्षिक साधारण सभाबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत बनेका हुन् ।
साधारणसभाबाट अन्य पदाधिकारीहरु समेत सर्वसम्मत बनेका छन् । अध्यक्षमा श्रेष्ठ सर्वसम्म निर्वाचिन बन्दा उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा निर्वाचित बनेका छन् ।
यस्तै, सचिव पदमा सिन्धु विकास बैंकका रामकुमार गिरी, कोषाध्यक्षमा लुम्विनी विकास बैंक प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा निर्वाचित बनेका छन् । यसका साथै, सदस्यहरुमा साइन रेसुंगाका प्रकाश पौडेल, ज्योति विकास बैंकका श्रीचन्द्र भट्ट, एक्सेल डेभलपमेन्ट बैंकका डा.इन्द्र कट्टेल निर्वाचिन बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : समिति बैठकमा सांसदहरूबीच नोकझोकदेखि ३ प्रतिशत थ्रेसहोल्डको कुराले तर्सिए साना दलसम्म
-
पत्रकार महासंघमा कार्यविभाजन, १३ विभाग प्रमुख तोकिए
-
श्रमिकको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न विभागको ध्यानाकर्षण
-
धनुषामा ४७७ केजी गाँजासहित ट्रक चालक पक्राउ
-
गण्डकी प्रदेशका केही जिल्लामा मेघ गर्जन र चट्याङसहित वर्षा
-
मिनी ट्रकभित्र च्यापिएर एकको मृत्यु, एकजना घाइते