राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड
शुक्रबार, ०३ चैत २०७९, २० : २५

काठमाडौँ । उपराष्ट्रपति निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएपछि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न पुगेका छन् । प्रचण्ड शुक्रबार साँझ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका हुन् ।
भेटमा उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि प्रधानमन्त्री र राष्ट्रपतिबीच यो पहिलो भेटवार्ता हो ।
पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए । यस्तै शुक्रबार उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । पौडेल र यादव दुवै सत्ता गठबन्धनबाट राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कार्यशैली नबदले जनताले सरकारको विकल्प खोज्छन्’
-
गणेश थापामाथि फिफाले लगाएको प्रतिबन्ध टुंगियो
-
‘आफू काम नगर्ने, गल्लीमा बसेर गाली मात्र गर्ने ?’
-
कांग्रेस-एमालेका नेतासँगको संवादपछि सरकार टिक्दैन भनेको हो : प्रचण्ड
-
धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु
-
शिक्षा ऐन निर्माण नगर्नु सरकारको गैरजिम्मेवारपन हो : जनमोर्चा