शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

राष्ट्रिय एकतालाई मजबुत बनाउन पहल गर्छु : नवनिर्वाचित उपराष्ट्रपति यादव

शुक्रबार, ०३ चैत २०७९, १९ : ४३
शुक्रबार, ०३ चैत २०७९

काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्न आफू लाग्ने बताएका छन् । शुक्रवार उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।   

उनले मुलुकलाई समृद्धितर्फ लैजाने काममा पनि आफू लाग्ने बताए ।  उनले शान्ति प्रक्रियाका कामहरु निष्कर्षमा पु¥याउन बाँकी रहेको भन्दै त्यसलाई निष्कर्षमा पु¥याउनका लागि आफ्नो तर्फबाट प्रयास हुने बताए । 

नवनिर्वाचित उपराष्ट्रपति यादवले आफूलाई उपराष्ट्रपतिमा जिताउने भूमिका खेल्ने जनता र सांसदहरुप्रति धन्यवाद प्रकट गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप