चिनियाँ राष्ट्रपति सीको रूस भ्रमण मित्रता, सहयोग र शान्तिका लागि : प्रवक्ता
बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङको आसन्न रूस भ्रमण मित्रता, सहयोग र शान्तिको भ्रमण हुने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बताएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा सीले मार्च २० देखि २२ सम्म रूसको राजकीय भ्रमण गर्नेछन् ।
पछिल्ला वर्षहरूमा राष्ट्रपति सीले राष्ट्रपति पुटिनसँग निकट सम्पर्क कायम राख्दै आएका छन् । “उहाँहरूको नेतृत्व र मार्गदर्शनमा नयाँ युगका लागि समन्वयको चीन–रूस व्यापक रणनीतिक साझेदारीले दिगो, सुदृढ र स्थिर विकास हासिल गरेको छ,” वाङले नियमित पत्रकार सम्मेलनमा भने । दुई देशले रणनीतिक विश्वास र असल छिमेकीपनसहितको प्रमुख मुलुकबीचको सम्बन्धको मार्ग पहिल्याउँदै अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ प्रतिमानका लागि राम्रो उदाहरण प्रस्तुत गरेको उनको भनाइ थियो ।
भ्रमणका क्रममा सीले पुटिनसँग द्विपक्षीय सम्बन्धका साथै साझा चासोका प्रमुख अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा गहन विचार आदानप्रदान गर्ने, द्विपक्षीय रणनीतिक समन्वय र व्यावहारिक सहयोगलाई बढावा दिने र द्विपक्षीय सम्बन्धको विकासमा नयाँ गति प्रदानका लागि छलफल गर्नेछन् । “यो भ्रमण मित्रताको यात्रा हुनेछ, जसले चीन र रुसबीचको पारस्परिक विश्वास र समझदारीलाई अझ प्रगाढ बनाउनेछ र पुस्तौंदेखि दुई देशका जनताबीचको मित्रताका लागि राजनीतिक जग र जनसमर्थनलाई मजबुत बनाउनेछ,” वाङले भने ।
राष्ट्रपति सीको रूस भ्रमण विभिन्न क्षेत्रमा पारस्परिक लाभप्रद सहयोग प्रवर्द्धन गर्न, बेल्ट एण्ड रोड इनिसिएटिभ र युरेशियन इकोनोमिक युनियनबीचको सहकार्यलाई प्रगाढ बनाउनका साथै दुई देशलाई विकास र पुनरुत्थानका आ–आफ्ना लक्ष्य हासिल गर्न सहयोग पुर्याउने उनले उल्लेख गरे । चीन र रूसले असंलग्नता, मुठभेडरहित र कुनै पनि तेस्रो पक्षलाई लक्षित नगरेका आधारमा साँचो बहुपक्षवादको अभ्यास गर्ने, बहुध्रुवीय विश्व र अन्तर्राष्ट्रिय सम्बन्धमा बृहत्तर लोकतन्त्रको प्रवद्र्धन गर्ने, विश्वव्यापी शासन प्रणालीमा सुधार गर्ने र विश्वको विकास तथा प्रगतिमा योगदान गर्ने उल्लेख गर्दै वाङले यो भ्रमण शान्ति स्थापनाका लागि पनि हुने बताए ।
“चीनले युक्रेन सङ्कटमा आफ्नो उद्देश्य र न्यायोचित अडानलाई कायम राख्नेछ र शान्ति वार्तालाई बढावा दिन रचनात्मक भूमिका खेल्नेछ,” प्रवक्ता वाङले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै