शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

मन्त्री श्रेष्ठका अगाडि स्थानीयहरुबीच चर्काचर्की

शुक्रबार, ०३ चैत २०७९, १६ : ४७
शुक्रबार, ०३ चैत २०७९

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई अगाडि राखेर स्थानीय जग्गा धनीहरुबीच विवाद भएको छ । शुक्रवार मन्त्री श्रेष्ठ मुलपानी सडक अनुगमनका क्रममा स्थानीय जग्गा धनीहरु बीच सडक मिचेर घर बनाइ सरकारसँग मुआब्जा लिएको भन्दै चर्काचर्की भएको हो । उनीहरुले सडकमा परेको घर मुआब्जा नदिई भत्काउन अदालतले आदेश नदिएकाले आफ्नो सम्पत्ति नछोड्ने भन्दै मन्त्रीलाई गुनासो गरेका थिए । तर अर्का स्थानीयले सडक छेउको जग्गा बाटो छोडेर बेचेको सुनाए ।

narayankaji (4)

उनले घरधनीले दुःख गरेर कमाएको सम्पत्ति सरकारलाई सित्तैमा दिन नसकिने बताए । उनले मन्त्रीलाई जग्गाको मुआब्जा नदिए सडक नबनाउन अदालतको आदेश रहेकाले सरकारसँग मुआब्जा दिनुपर्ने बताइन् । त्यत्ति नै बेला मन्त्री श्रेष्ठले सरकारले अदालतको आदेश पालना गर्ने भन्दै सडकमा परेका जग्गा धनीले एक पटक मुआब्जा आएर पनि पुनः माग गरेकोप्रति जवाफ मागेका थिए । 

जग्गा धनीले मन्त्रीलाई अहिलेसम्म मुआब्जा नपाएको सुनाए । उनले सडकमा जग्गा पर्ने अरू सबैको आफूले जिम्मा लिन नसक्ने भन्दै अरूको विषय बोल्न उचित नरहेको बताए । विवाद चर्किएपछि मन्त्रीले अदालतको फैसलाबारे आफू जानकार रहेकाले अदालतको फैसलाअनुसार नै सडक निर्माण अघि बढ्ने बताए । स्थानीयहरूले मन्त्रीको अनुगमनका क्रममा मन्त्रीलाई नै एकअर्काका पोल खोलेका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप