एनएमबि बैंकद्वारा ११.९९ प्रतिशत स्थिर ब्याजदरसहितको घर कर्जा घोषणा
शुक्रबार, ०३ चैत २०७९, १६ : ४९

काठमाडौँ । एनएमबि बैंकले १५ वर्षका लागि ११.९९% स्थिर ब्याजदर सहितको नयाँ घर कर्जा घोषणा गरेको छ । यो नयाँ कर्जा योजनाले घरधनीहरूलाई कर्जाको स्थिर मासिक भुक्तानीको साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत मद्दत पुर्याउने बैंकले जनाएको छ । सो योजनाले लामो अवधिको लागि कम र अनुमानित ब्याज दर सुरक्षित गर्न मद्दत पुर्याउने बैंकले विश्वास राखेको छ ।
“घरमा लगानी गर्नु एक व्यक्ति र परिवारको लागि ठूलो लगानी हो, र हामीले मासिक भुक्तानी व्यवस्थापन गर्ने सन्दर्भमा स्थिरता को महत्त्व बुझ्दछौं,“ एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राउटे मुखिया शाहीको मृत्यु
-
एनआरएनए विवादसम्बन्धी तीन वटा रिट र निवेदन हेर्न नमिल्ने
-
काठमाडौं भ्यूटावर भत्काउनुपर्ने पक्षमा उपमेयर सुनिता डंगोल
-
आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान
-
दिगो विकास लक्ष्य कार्यान्वयनका लागि असल अभ्याससँगै सुशासनमा ध्यान दिनुपर्नेमा जोड
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा : अर्थ मन्त्रालय र कर्मचारीबाट सहयोग भएन