काठमाडौँ र चितवनमा २ जना मृत अवस्थामा फेला
शुक्रबार, ०३ चैत २०७९, १६ : १२

काठमाडौँ । काठमाडौं र चितवनमा शुक्रबार २ जना मृत फेला परेका छन् । प्रहरीको दैनिक समाचार बुलेटिनअुसार काठमाडौँको टोखा र चितवनको रत्ननगरमा २ जना मृत फेला परेका हुन् । बुलेटिनका अनुसार टोखा नगरपालिका–९ घर भई चन्द्रागिरी नगरपालिका–१२ बलम्बु डेरा गरी बस्ने ५५ वर्षीय नवराज केसी आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै चितवनको रत्ननगर नगरपालिका–४ देवौली डेरा गरी बस्ने रौतहट चपुर नगरपालिका–६ घर भएका ६६ वर्षीय सौमन चौधरी पनि मृत फेला परेका छन् । चौधरी आफ्नै कोठामा मृत अवस्थामा फेला परेका प्रहरीको भनाई छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान टुक्र्याउन दबाब दिने ईयूभित्र कति स्वायत्त छन् सिभिल एभिएसन ?
-
बझाङमा प्रमुख जिल्ला अधिकारी परिवर्तन
-
ट्रम्पले गरे शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर
-
इजरायली आक्रमणपछि हमासले गर्यो जवाफी कारबाही
-
भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण
-
आज विभिन्न पाँच अन्तरराष्ट्रिय दिवस मनाइँदै