अमृत साइन्स क्याम्पसका निर्वाचन अधिकृतले दिए राजीनामा

काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल) का स्ववियु निर्वाचन अधिकृतले राजीनामा दिएका छन् । क्याम्पसमा निर्वाचन गराउन सकिने वातावरण नभएको भन्दै निर्वाचन अधिकृत उमाकान्त लाल कर्णले राजीनामा दिएका हुन् ।
निर्वाचन अधिकृतले राजीनामा दिएसँगै निर्वाचन समितिको बैठक बसिरहेको छ । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न समितिको बैठक बसेको हो ।
अस्कलमा अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका छन्। फर्जी विद्यार्थी भर्ना गराएको भन्दै अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ ।
मुद्दा चलिरहेको व्यक्तिलाई स्ववियु उम्मेदवार बनाएको भन्दै अखिल क्रान्तिकारी लगायतले क्याम्पसमा तालाबन्दी गरेका हुन् ।
अमृतमा अखिल क्रान्तिकारीको तर्फबाट ३ जनाले बागी उम्मेदवारी दिएका छन् । आन्तरिक विवाद साम्य पार्न नसकेपछि अखिलले निहुँ खोजेको अनेरास्ववियुको आरोप छ।
अनेरास्ववियुले सभापतिको उम्मेदवार कमल जोशीलाई बनाएको छ । क्रान्तिकारीले उनको उम्मेदवारीमाथि प्रश्न उठाउँदै आएपछि निर्वाचन समितिले छानबिन गरेको थियो । छानबिनपछि उनको उम्मेदवारी कायम गरेको थियो । तर क्रान्तिकारीले उनको उम्मेदवारीलाई मुख्य विषय बनाउँदै आएको छ।
अनेरास्ववियुले निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेको छ। अनेरास्ववियुका अस्कल अध्यक्ष रुद्रहरी पोखरेलले एक विज्ञप्ती जारी गरेर तत्काल तालाबन्दी खोलेर निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तरी कारागारबाट कैदी फरार
-
कमल थापाले आयोजना गरेको विरोध सभामा राजेन्द्र लिङ्देन सहभागी
-
गभर्नर नियुक्ति मापदण्डसम्बन्धी रिट आज पनि हेर्न नभ्याइने
-
माइतीघर मण्डलामा अर्धनग्न भएर प्रदर्शन
-
लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव
-
चिकित्सा शिक्षा आयोगको बैठक : निर्णय भएकै मितिदेखि निजी मेडिकल कलेजले निर्वाहभत्ता दिने