‘टुल्की’ जेठमा रिलिज हुने

काठमाडौँ । फिल्म ‘टुल्की’ अगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माता शेखर लामाले फिल्मको प्राविधिक कार्यमा अझै केही समय लाग्ने भएकोले फिल्मको रिलिज जेठमा पुर्याएको बताए ।
हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामाथि बनेको फिल्ममा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय रहेको छ । फिल्मका निर्देशक देव थापा हुन् ।
‘द पाल्म ग्रुप प्रालि’ को ब्यानरमा निर्माण भएको फिल्मको प्रस्तुतकर्ता शेखर लामा रहेका छन्, भने निर्माता आरपी कर्माचार्य र उजेली लामा हुन् । लक्ष्मण सुनारको कथा र शेखर लामाको पटकथा संवाद रहेको फिल्ममा तारा थापा किम्भेको सम्पादन, लिगेश भट्टराई र रमेश बुढाथोकीको कोरियोग्राफी रहेको छ ।
डोल्पा आसपासका स्थानमा खिचिएको ‘टुल्की’ले नेपाल ग्रामिण ‘चलचित्र महोत्सव २०७९’ मा उत्कृष्ट फिचर फिल्म र ‘स्क्रिन प्ले’ अवार्ड जित्न सफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम