यस्ता छन्, नेपालले विश्वकप छनोटमा प्रतिस्पर्धा गर्ने टिमहरू
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ को शीर्ष तीनमा पार्दै विश्वकप छनोटमा सोझै स्थान बनायो । त्रिवि क्रिकेट मैदानमा यूएईलाई डकवर्थ लुइस पद्धतिमा ९ रनले हराउँदै नेपालले विश्वकप छनोटमा स्थान बनायो । अब नेपालले जिम्बावेमा हुने विश्वकप छनोटमा भाग लिनेछ । आईसीसी विश्वकप छनोटमा नेपालले उत्कृष्ट प्रदर्शन गरे विश्वकपसम्म खेल्न पाउने नेपाललाई अवसर छ ।
भारतमा हुने आईसीसी एकदिवसीय विश्वकप १८ जुनदेखि ९ जुलाईसम्म आयोजना हुनेछ । जसमा सहभागी हुन १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा लिग–२ मा शीर्ष तीनमा रहेका टोलीहरू नेपाल लगायत स्कटल्यान्ड ओमानले स्थान बनाउनेछन् । त्यस्तै अन्य दुई टोली नेदरल्यान्ड्स र जिम्बावेले पनि विश्वकप छनोटका लागि स्थान बनाइसकेका छन् ।
अब आईसीसी विश्वकप क्वालिफायर प्लेअफबाट आएका शीर्ष दुई टोलीले पनि विश्वकप छनोट खेल्नेछ । आईसीसी विश्वकप लिग–२ मा रहेका चार टोलीसहित अन्य दुई टोली रहनेछन् । जसमा नामिबिया, यूएई, पपुवा न्युगिनी (पीएनजी), अमेरिकासँगै क्यानडा र जर्सीले प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि सुपर लिगबाट आएको तीन टोलीले पनि विश्वकप छनोट खेल्नेछन् ।
जसमा टेस्ट राष्ट्र वेस्ट इन्डिज, दक्षिण अफ्रिका, श्रीलङ्का र आयरल्यान्ड रहेका छन् । यो चार टोलीमध्ये तीन टोलीले विश्वकप छनोट खेल्नेछ ।
नेपाली टोलीले प्रतिस्पर्धा गर्ने टोलीहरू टेस्ट राष्ट्र पनि हुनेछन् । जसमा नेपाललाई धेरै कुरा सिक्न पाउने अवसर पनि छ । शीर्ष दुईमा पर्न सके नेपालले विश्वकप खेल्ने पाउने अवसर पनि छ।
अब नेपालले लिग–२ बाट आउने स्कटल्यान्ड, ओमानसँगै नेदरल्यान्ड्स र जिम्बाब्वे । यता लिग–२ बाट प्लेअफमा गएका नामिबिया, पपुवा न्युगिनी (पीएनजी), अमेरिका, यूएईसँगै क्यानडा र जर्सी मध्ये दुई टिम । त्यस्तै सुपर लिगबाट आउने दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलङ्का र आयरल्यान्डमध्येबाट तीन टिमसँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।
आईसीसी एकदिवसीय विश्वकपमा सहभागी हुने सात टिमको टुङ्गो लागिसकेको छ । जसमा आयोजक भारतसँगै अस्ट्रेलिया, न्युजिल्यान्ड, इङ्ल्यान्ड, बङ्गलादेश, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।
विश्वकपमा स्थान बनाउने तीन टोलीको भने टुङ्गो लाग्न बाँकी छ । जसमा १० टिमले प्रतिस्पर्धा गर्नेछन् । त्यसमा नेपाल, स्कटल्यान्ड, वेस्ट इन्डिज, श्रीलङ्का, आयरल्यान्ड, दक्षिण अफ्रिका, ओमान, नेदरल्यान्ड्स, जिम्बाब्वे रहेका छन् । त्यस्तै यूएई, अमेरिका, पीएनजी, नामिबिया, क्यानडा र जर्सी मध्य दुई टिम छनोटमा सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात
-
‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’
-
सोमबार प्रधानमन्त्रीले चीन भ्रमणका विषयमा छलफल गर्ने