प्रभु बैङ्कद्वारा पिओएसमार्फत अतिरिक्त बैंकिङ्ग सेवा सञ्चालन
शुक्रबार, ०३ चैत २०७९, ०६ : ५३
काठमाडौँ । प्रभु बैङ्क लिमिटेडले विद्युतीय भुक्तानी कार्ड सम्बन्धी सेवालाई थप सहज बनाउन एटिएम सञ्चालन नभएका शाखा कार्यालयहरूबाट समेत आफ्नै पिओएस मेशिनको माध्यमबाट ग्रिन पिन सेट गर्न, पिन परिवर्तन गर्न र विद्युतीय भुक्तानी कार्डको माध्यमबाट नगद झिक्न सकिने अतिरिक्त सेवा सञ्चालनमा ल्याएको छ ।
विद्युतीय भुक्तानी कार्ड सम्बन्धी सेवा सहज बनाउन नेपाल इलेक्ट्रोनिक्स पेमेण्ट सिस्टम (नेप्स) सँगको सहकार्यमा बैङ्कले पिओएस मार्फत विद्युतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवाको सुरुवात गरेको हो ।
प्रभु बैङ्कले सञ्चालनमा ल्याएको पिओएस मार्फत विद्युतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवा उपभोग गरी ग्राहकहरूले अधिकतम लाभ लिने बैङ्कले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी पुरुषले किन रचे आफ्नै मृत्युको नाटक ?
-
सिनामंगल घटनामा मृतकका परिवारले भने, ‘क्यानडाबाट नेपाल आउने थाहै थिएन’
-
प्रधानमन्त्रीको चीन भ्रमणअघि बैठक बसेर एजेन्डामा छलफल गर्छौँ : सभापति यादव
-
यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरमा हेर्नुहोस्
-
लाभांश घोषणापछि कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट
-
कीर्तिपुरमा स्वतन्त्रमध्ये कसलाई सहयोग गर्ने निर्णयमा पुग्न सकेन रास्वपा