शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

भक्तपुरमा ग्यास सिलिण्डरदेखि कम्प्युटर चोरी, तीन जना पक्राउ

बिहीबार, १७ फागुन २०७४, ०८ : ०५
बिहीबार, १७ फागुन २०७४

भक्तपुर । केही समययता भक्तपुरमा चोरीको घटनामा बृद्धि हुन थालेको छ । महानगरिय प्रहरी परिसर भक्तपुरले भक्तपुर नगरपालिका वडा नम्बर ९ कमलबिनायक स्थित प्लानिङको छेउमा शंकास्पद १० थान सिलिण्डर चोरी गरी लुकाई छिपाई रहेको अवस्थामा बरामद गरको छ । 

प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले कमलबिनायकका बिश्वराम लवजुको जाहेरीको आधारमा दुई जनालाई पक्राउ गरेको परिसर भक्तपुरका प्रवक्ता डिएसपी कृष्ण प्रसाइले जानकारी दिएका छन् ।
उक्त जाहेरीको आधारमा रोल्पा घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका ४ बस्ने बर्ष १८ को कमान घर्ती मगर र सोही स्थान बस्ने बर्ष १९ को घनश्याम बुढामगरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले यसैगरि  भक्तपुर नगरपालिका वडा नम्बर ९ अमर ज्योती मन्टेश्वश्री स्कुलबाट कम्प्युटरको सिपियू चोरी भएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा एक व्यक्तिलाई पक्राउ गरेको छ । 

प्रहरी टोलीले खोजतलास काभ्रे च्याम्राङबेसी गाविस वडा नं. ३ स्थायी घर भई हाल भक्तपुर सोही स्थानमा डेरा गरी बस्ने बर्ष ४० को बल बहादुर योञ्जनको डेरा कोठामा लुकाई रहेको अवस्थामा फेला परेको सिपियू फेला पारेको हो । 

योञ्जनलाई पक्राउ गरी आवश्य क कारवाहीको लागी महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा पठाईएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ । 

फरार प्रतिबादी पक्राउ
बैदेशिक रोजगार कसुर मुद्दामा बैदेशिक रोजगार न्यायाधिकरणको मिति २०७२ मंसिर ७ गतेको फैसला बमोजिम ३ बर्ष कैद र रु. ३,००,०००र( (तीन लाख) जरिवाना हुने ठहरी फैसला भएका फरार प्रतिबादी भक्तपुर जिल्ला चागुँनारायण न.पा. ६ नगरकोट बस्ने बर्ष ३७ को मनहरी मगरलाई प्रहरी परिसरले पक्राउ गरेको छ ।

मगरलाई जिल्ला अदालत भक्तपुरको आदेश अनुसार कारागार कार्यालय डिल्लीबजार काठमाडौ चलान गरिएको प्रवक्ता डिएसपी प्रसाइले बताए ।
        

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप