यूएईको स्लोओभर नेपालका लागि बरदान साबित
_yCwOgPNUvj.jpg)
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले डीएलएस पद्धतिमा यूएईलाई ९ रनले हरायो ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा २६९ रन बनाउँदा ९ रनले आफ्नो पक्षमा जित निकाल्न सफल भयो ।
यूएईले ४० ओभर पछि बलिङको रफ्तार सुस्त बनाउँदा उनलाई धक्का लाग्न पुग्यो । उक्त स्लोओभर नै नेपालका लागि बरदान सावित भयो ।
यूएईले गरेको ४२ औँ स्लोओभरको बलिङमा नेपालका लागि गुलशन झाले २० रन बनाए । त्यसपछि नेपाल डीएलएस पद्धतिमा अघि रह्यो ।
त्रिवि क्रिकेट मैदानमा उज्यालो कम हुँदा एम्पाएरले खेल रद्द भएको र नेपालले जित निकालेको घोषणा गरेका थिए ।
यूएईले गरेको स्लो ओभरमा नेपालले बनाएका रनहरु
४१ औं ओभरमा नेपालले ६
४२ औं ओभरमा नेपालले २०
४३ औं ओभरमा नेपालले ६
४४ औं ओभरमा नेपालले ८
नेपालले चार ओभरमा ४० रन बनायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई