मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका १० वटै आंगिक क्याम्पसको स्ववियू निर्वाचन स्थगित
![मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका १० वटै आंगिक क्याम्पसको स्ववियू निर्वाचन स्थगित](https://rpcdn.ratopati.com/media/albums/mid-western-university_ysxFGwIC1h.jpg)
सुर्खेत । उच्च अदालत सुर्खेतले भोलि (चैत्र ३) गर्ने भनिएको स्वतन्त्र विद्यार्थी युनिय (स्ववियू) को निर्वाचन रोक्ने आदेश जारी गरेसँगै विश्वविद्यालय अन्तर्गतका अन्य आंगिक क्याम्पसको निर्वाचन पनि स्थगित गरिएको छ । आज बसेको विश्वविद्यालयको बैठकले अन्य १० वटै आंगिक क्याम्पसको चुनाव रोक्ने निर्णय गरेको हो । मंगलबार विश्वविद्यालय अन्तर्गतको ‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए । उच्च अदालत सुर्खेतले अर्को आदेश नहुने बेलासम्म स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको थियो । चैत्र ८ गते दुवै पक्षलाइ उच्च अदालत सुर्खेतमा ऊपस्थित हुनु आदेश जारी गरेको छ ।
यस्तै आज बसेको विश्वविद्यालयको बैठकले अन्य क्याम्पसको पनि स्ववियू निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । एमयुजस्तै बबई बहुमुखी क्याम्पस बर्दिया र नारायण बहुमुखी क्याम्पस दैलेखमा विवादका कारण तालाबन्दी भएको छ । यस्तै भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोट र मुसिकोट खलंगा बहुमुखी क्याम्पस रुकुम पश्चिममा पनि विवाद छ ।
केही क्याम्पसमा मात्र निर्वाचन गर्नुभन्दा पछि सबैमा सँगै गर्दा उपयुक्त हुने भन्दै सबै आंगिक क्याम्पसको चुनाव स्थगित गरिएको बताइएको छ । १० वटा आंगिक क्याम्पसमध्ये तीनवटा क्याम्पस लुम्बिनी प्रदेशमा पर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता