इसेवाको नयाँ उपहार योजना सार्वजनिक

काठमाडौँ । इसेवाले ‘बैंक ट्रान्स्फर बाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ उपहार योजना सार्वजनिक गरेको छ । यस अफर अन्तरगत इसेवाका ग्राहकले आफ्नो इसेवा एकाउन्ट मार्फत बैंक खातामा रकम ट्रान्स्फर गर्दा हङकङ घुम्ने मौका पाउनेछन् ।
अफरमा बैंक ट्रान्स्फर गर्दा डबल क्यासब्याक पाउनुका साथै हङकङ घुम्न जाँदा दोहोरो टिकट जित्न सकिने कम्पनीले जनाएको छ । यस अफरमा इसेवा मार्फत बैंक तथा सहकारीका खातामा रकम ट्रान्स्फर गर्दा सहभागी हुन पाइनेछ । यस अफर योजना चैत्र ३० गतेसम्म सञ्चालन हुनेछ । यस योजनामा सहभागी हुन योजना अवधिभर कम्तीमा दुईपटक बैंक ट्रान्स्फर गरेको हुनुपर्नेछ ।
इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६५ लाख बढी ग्राहकलाई एप्स् मार्फत आम नेपालीहरू सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिना अनुमति काठमाडौँ आएका ७ जना भारतीय प्रहरी दूतावासको जिम्मा
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
शाहीलाई रिमालको जवाफ : काँक्रा चोरहरू पोल खुल्ने डरमा अर्काको गालामा बियाँ टाँस्छन्
-
जग्गा भाडामा लिएर सञ्चालन नगर्ने ३ उद्योगसँगको सम्झौता रद्द
-
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको प्यारापिट धमाधम बन्दै, तस्बिरहरू
-
उपाधि भारतले जिते पनि गोल्डेन ब्याट, गोल्डेन बल र सर्वोत्कृष्ट खेलाडी न्युजिल्याण्डको पोल्टामा