पद्मकन्या क्याम्पसमा एमाले र माओवादी विद्यार्थी संगठनबीच तालमेल

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पद्मकन्या क्याम्पसमा स्ववियु चुनावमा तालमेल भएको छ । आगामी चैत ५ गते हुने चुनावमा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच तालमेल गरेर चुनाव प्रचारप्रसारमा जुटेका हुन् ।
सरकारमा कांग्रेस, माओवादी केन्द्रसहित दलको सरकार भएपनि स्ववियु चुनावमा भने एमाले माओवादी मिलेर तालमेल गरेको अखिल क्रान्तिकारीका नेता मदन ढकालले बताए । पद्मकन्या क्याम्पसको स्ववियू निर्वाचनमा अखिल क्रान्तिकारीबाट त्रिसना आलेमगर अध्यक्ष, सुनैना श्रेष्ठ सचिव र कोषाध्यक्षमा अनेरास्ववियुबाट सुजिता सुनार उम्मेदवार भएकी छन् । ती संगठनले अरू ८ जना सदस्य संयुक्त रूपमा उठाएका छन् । जसमा अखिल क्रान्तिकारीबाट ५ जना र अनेरास्ववियूबाट ३ जनालाई उम्मेदवार बनाइएको छ ।
यस्तै नेपाल विद्यार्थी संघबाट अध्यक्षमा ज्योति पनेरु, सचिवमा भुपेश्वरी ऐर, कोषाध्यक्षमा श्रेया मैनाली उम्मेदवार भएका छन् । अरू आठ जनाले सदस्यमा उम्मेदवारी दिएका छन् । त्यस्तै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीबाट अध्यक्षमा प्रजिता दर्नाल, सचिवमा प्रेमिता बानियाँ र कोषाध्यक्षमा रिता थापाले उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङको मूल्य घट्यो
-
अब तनहुँको गाउँमा पनि ‘डायलासिस’ सेवा, चार जिल्लाका विरामीलाई पायक पर्ने
-
लगानी गर्ने ठाउँ खोज्दै कोरियाली टोली झापा पस्यो
-
उद्योग वाणिज्य महासंघले सरकारलाई बुझायो नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव
-
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुलादेखि कांग्रेसमा सदस्यताको लफडासम्म