उपराष्ट्रपति पुनले छाडे सरकारी निवास

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले सरकारी निवास छाडेका छन् । बिहीवार पुन उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका हुन् । चुनावबाट नयाँ उपराष्ट्रपति आउने निश्चित भएपछि उनी निजी निवासमा सरेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले बताए । उनी उपराष्ट्रपति भवनबाट चन्द्रागिरी नगरपालिका वडा नं. १ दहचोकस्थित निजी निवासमा सरेका हुन् ।
शुक्रवार उपराष्ट्रपतिको चुनाव छ । चुनावपछि नयाँ उपराष्ट्रपति आउने भएपछि पुनले निवास छाडेका हुन् । नेपालको संविधान बमोजिम चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुन लागेको सन्दर्भमा उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाई सहजताका लागि उपराष्ट्रपति पुनले निवास छाडेको उनले बताए । नयाँ उपराष्ट्रपतिको पद तथा गोपनियताको सपथ तथा पदभार ग्रहण नभएसम्म पुनले निजी निवासबाटै उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड के आधारमा सरकार ढल्ने अभिव्यक्ति बारम्बार दिन्छन् ?
-
जम्मु-कश्मिरमा मारिएका सुदीपको सम्झनामा दीप प्रज्वलन
-
हिमालयन रि–इन्स्योरेन्सलाई वैदेशिक रोजगार म्यादी जीवनबीमा पुल सञ्चालनको अधिकार
-
पैदल यात्रुको मृत्यु प्रकरण : ६ दिनसम्म किन जलाइएन शव ?
-
भारतका लागि नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई
-
जिम्मेवारी र माया बिचको सङ्घर्ष झल्काउने ‘परिबन्ध’ गीत