सिन्धुलीको पौवागढीमा मोटरसाइकल दुर्घटना, दुईजना घाइते
बिहीबार, ०२ चैत २०७९, १२ : ४८

काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित पौवागढीमा मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परेर दुईजना घाइते भएका छन् । काठमाडौँबाट सिरहातर्फ जाँदै गरेको स.५.प ७२९६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर घाइते हुनेमा सिरहा घर भएका खलिल मन्सुरी र एजान खान छन् ।
३६ वर्षीय खलिलले चलाएको मोटरसाइकल आफैं अनियन्त्रित भएर पिलरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सडकबाट करिब १५० फिट तल खसेर घाइते भएका दुवै जनालाई उपचारका लागी जिल्ला अस्पताल सिन्धुलीमा पठाइएको छ । मोटरसाइकल प्रहरी चौकी पौवागढीमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
-
आन्दोलनका कारण सवारी साधनविहीन देखिए काठमाडौँका सडक (तस्बिरहरू)
-
बुल्गेरिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक महिला पक्राउ
-
गणतन्त्रवादी गणतान्त्रिक नभएपछि आन्दोलन हुनु स्वाभाविक : महासचिव भुसाल
-
दर्शक भेट्न नेपाल आइन एन्जिला
-
तीनकुनेमा भेला हुन थाले राजावादी (तस्बिरहरू)