कोलम्बियाको कोइला खानीमा विस्फोट, कम्तीमा ११ जनाको मृत्यु

बोगोटा । मध्य कोलम्बियाको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै अन्य १० जना फसेको कुन्डिनामार्सा क्षेत्रका गभर्नरले बुधबार बताएका छन् ।
गभर्नर निकोलस गार्सियाले ब्लु रेडियोलाई बताएअनुसार एक कामदारको उपकरण पत्थरमा ठोकिएर निस्केको झिल्कोले खानीमा चुहावट भएको ग्यास टिपेपछि खानीमा विस्फोट भएको हो ।
अग्निनियन्त्रक र उद्धारकर्मीहरू खानीको प्रवेशद्वारमा उद्धारका लागि पुगेको स्थानीय सञ्चारमाध्यमका तस्बिरहरूमा देखाइएको छ भने मृतक श्रमिकका केही नातेदारहरू आफ्ना प्रियजनहरूको बारेमा जानकारीको पर्खाइमा बसिरहेका छन् ।
गार्सियाका अनुसार श्रमिकहरू नौ सय मिटर (दुई हजार नौ सय ५० फिट) जमिनमुनि फसेकोले खोजीमा खटिएका एक सयभन्दा बढी उद्धारकर्तालाई उनीहरूसम्म पुग्न कठिन भएको थियो ।
उनले भने, “खानीमा विस्फोटपछि चाँडै नै अक्सिजन कम हुने भएकोले उनीहरूलाई जीवितै उद्धार गर्न असम्भव भएको हो ।”
तेल र कोइला कोलम्बियाको मुख्य निर्यात हो भने खानीमा हुने विस्फोट र दुर्घटनाहरू बारम्बार हुने गर्छन् ।
गत अगष्टमा मध्य कुन्डिनामार्सा क्षेत्रमा रहेको अवैध कोइला खानीबाट नौ जना मजदुरलाई उद्धार गरिएको थियो ।
सन् २०२१ मा, चौथो ठूलो ल्याटिन अमेरिकी अर्थव्यवस्थामा खानीका घटनामा एक सय ४८ जनाको मृत्यु भएको थियो । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरु केही दिन मर्यादित भएर प्रदर्शनमा लागौं, हाम्रो विजय सुनिश्चित छ : अध्यक्ष सुवेदी
-
मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
-
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो
-
बंगलादेशले आलु र धागो निर्यातमा रोक लगाउँदा नेपाललाई पर्दैन असर
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै